d

निर्वाचनको मिति आज घोषणा हुँदै, कहिले होला चुनाव ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सहमत भएका छन्। बुधबार बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरु मंसिर ४ मा निर्वाचन गर्न तयार भएका हुन् ।

अब बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने शीर्ष नेताहरुले सहमति गरेका छन् । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन्। सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको थियो। बैठकमा सहभागी एक नेता भन्छन्, ‘मंसिर ४ मा चुनाव गर्ने सहमति भएको छ, भोलिको क्याबिनेटले मिति घोषणा गर्छ ।’

नेताहरुका अनुसार निर्वाचन घोषणापछि पनि संसद् कायमै रहने गठबन्धनका नेताहरुको बुझाइ छ। ‘चलाउने कि नचलाउने अलग कुरा हो, तर हाउस रहन्छ,’ गठबन्धनका एक नेता भन्छन्, ‘संसद चलाइराख्न धेरै रुचि छैन् । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि अधिवेशन अन्त्य हुन्छ होला ।’

Views: