d

हुलाकी सडकका पुल संचालनका लागि गाउँपालिकाद्वारा सम्बन्धित निकायकाे ध्यानाकर्षण 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

हुलाकी सडकका पुल संचालनका लागि गाउँपालिकाद्वारा सम्बन्धित निकायकाे ध्यानाकर्षण

 

गाउँपालिकाकी उपाध्यक्ष कुँवरकाे नेतृत्वमा निर्देशनालय पुग्यो टोली 

 

आगामी असार मसान्त सम्म ठेकदारले पाए समय, अधुराे अवस्थामा रहेका पुलहरु निर्माणका लागि निर्माण कम्पनीहरुलाई तत्कालै निर्देशन दिईने

झगेन्द्र खड्का 
गौरीगंज/हुलाकी सडकमा अलपत्र अवस्थामा रहेका पुल निर्माण सम्पन्न गरि संचालनमा ल्याउन गौरीगंज गाउँपालिकाका जनप्रतिनिधिले हुलाकी सडक निर्देशनालयकाे ध्यानाकर्षण गराएका छन। हुलाकी सडक निर्माण कार्य सुरुहुनु अगाडि निर्माण कार्य सुरु भएका हुलाकी सडकका पुल अझैसम्म अधुरै अवस्थामा छन। हुलाकी सडकमा पर्ने खाेलाका पुलहरु निर्माणकार्य सम्पन्न नहुदा नागरिकहरुले सास्ती बेहार्नु परेकाे छ।
पुल निर्माण गर्ने ठेकेदार कम्पनीकाे लापरबाहीले पुलहरु अझैसम्म अलपत्र अवस्थामा छन। सडक कालाेपत्र भइसकेकाले यात्रीहरु सरर सवारीसाधन लिएर जादा बिचमा रहेका पुल अगाडि पछाडि खाल्डो देखेपछि खाेलाबाट यात्रा गर्न बाध्य भएका छन।खाेलामा बाढी आएकाे समयमा यात्रीहरुले घण्टौ समय कुर्नु पर्ने वा बैकल्पिक मार्ग प्रयाेग गर्नु परेकाे छ।हुलाकी सडकमा रहेका अधुरा पुल निर्माणकार्य सम्पन्न गरि संचालनमा ल्याउन गाउँपालिका अग्रसर भएर लागेकाे छ।गत बैशाख ३० गतेकाे स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले पुल निर्माण गरि संचालनमा ल्याउन सम्बन्धित निकायकाे ध्यानाकर्षण गराएका छन।

 

 

हुलाकी सडकमा रहेका  लेरा पुल लगायतका अधुरा पुलहरुको निर्माण सम्पन्न गराउन गौरीगञ्ज गाउँपालिकाकि उपाध्यक्ष पुजन न्यौपाने कुवर वडा नं -३ का वडाध्यक्ष श्रवण गिरी लगायतको टाेलीले हुलाकी सडक निर्देशनालयकाे ध्यानाकर्षण गराएको हाे । 

गाउँपालिकाकी उपाध्यक्ष कुँवरकाे नेतृत्वमा ईटहरी पुगेकाे  टोलीले हुलाकी सडक निर्देशनालयमा पुगेर निर्देशनालयका प्रमुख बिजय थापालाइ छुट्टा छुट्टै ध्यानाकर्षण गराएका हुन । हुलाकी सडक निर्देशनालयलाइ ध्यानाकर्षण गराउदै वडाध्यक्ष गिरीले लेरा खोलाको अधुरो पुल बारे ध्यानाकर्षण गराउदै गौरीगञ्ज क्षेत्रमा हुलाकी सडक निर्माण भइसकेको छ। लेरा खोलाको पुल निर्माणका लागि हुलाकी सडक निर्देशनालय बाट ठेक्का लागेपनि बिगत सात बर्ष देखि पुल अलपत्र अबस्थामा रहदा गाउँपालिका भित्रका जनताले सास्ती भोगिरहेको जानकारी गराएका छन् । केन्द्र स्तरबाट ठेक्का लागेर पनि ठेकेदारको लापरवाहिका कारण बर्षौ देखि  पुल अलपत्र परिरहेको कुरा बताए ।उपाध्यक्ष पुजन न्यौपाने कुँवरले हुलाकी सडक अन्तर्गतको कन्काइ, लेरा र रतुवा लगायतका पुलहरु अलपत्र परेको अबगत गराउदै भरखरै निर्माण भएको हुलाकी सडक पनि ठाँउठाँउमा भत्किन थालेको कुरा प्रति निर्देशनालयको ध्यानाकर्षण गराएकी छन् ।ध्यानाकर्षण पत्र बुझ्दै हुलाकी सडक निर्देशनालय इटहरीका प्रमुख बिजय थापाले सरकारले हुलाकी सडकमा रहेका पुलहरु निर्माण सम्पन्न गर्न ठेकेदारहरुलाइ आउदो असार मसान्त सम्मको म्याद थपेको बताए । अधुराे अवस्थामा रहेका पुलहरु निर्माणका लागि निर्माण कम्पनीहरुलाई तत्कालै काम शुरु गर्न निर्देशन दिने जानकारी गराएका छन।उपाध्यक्ष पुजन न्यौपानेको ध्यानाकर्षण पत्र बुझ्दै कन्काइको पुलकाे निर्माण कार्य भइरहेको र रतुवा पुलमा ३ वटा पिलर थप गरि सञ्चालनमा ल्याउने गरि ठेक्का प्रकृया अघि वढाइएको कुरा बताएका छन ।

Views: