d

 झापाली मतदाता भगवानलाई भेट्दै, आशिर्वाद लिँदै अध्यक्ष लिङ्गदेन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: सरकारले आगामी मङ्सिर ४ गते सम्पन्न गर्नेगरी  प्रतिनिधि सभा र प्रदेश सभाको मिति घोषणा गरेको छ।  सरकारले निर्वाचनको मिति घोषणा गरे संगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले झापा क्षेत्र न ३ बाट निर्वाचन लड्ने घोषणा गरिसकेका छन्।  

 

 

अध्यक्ष लिङ्देनले मतदाता भेटघाट एवंम सुझाव संकलन कार्यलाई तिब्र पारेका छन्।  ३ दिनदेखि गृहजिल्ला झापामा रहेका उनले आज कचनकवल १ का छुटाछुटै स्थानमा नेता, कार्यकता एवम् शुभेच्छुकहरु भेट गरेका छन्।

 

भेटका क्रममा मतदाताहरूले आगामी चुनावमा क्षेत्र नं ३ बाटै चुनावमा उठ्न आग्रह गरेका थिए भने उनले पनि आफ्ना भगवान, मतदाताहरु यहि भएकाले आफू यहिँ क्षेत्रबाटै चुनाव लड्ने जानकारी गराएका छन्। गत स्थानीय निकायको चुनावको परिणाम कचनकवलमा आफ्नो पक्षमा नभएपनि आफू सधै आफ्ना मतदाता जनताहरूसँगै रहेको र जस्तोसुकै परिस्थितिमा पनि सँगै रहेको धारणा राख्दै उच्च मनोबलका साथ चुनावी मैदानमा उत्रिने बताएका थिए भने मतदाताहरूले झापा क्षेत्र नं ३ मा राजेन्द्र लिङ्देन जिताउन आफूहरु लागि पर्ने धारणा राखेका थिए।

 

 

 

 

 

Views: