d

दल दर्ताको लागि आयोगले तोक्यो मिति, कहिले?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, २० साउन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिन चाहने दलहरुले निर्वाचन आयोगमा दर्ता गर्ने मिति तोकिएको छ । दल दर्ता २२ साउन देखि ३१ सउनसम्म राखिएको निर्वाचन आयोगले जनाएको छ ।


१९ साउनसम्म निर्वाचन आयोगमा राजनीतिक दलहरुको दर्ताको समय राखिएको थियो । अब चुनावमा भाग लिनका लागि दल दर्ता गर्नुपर्ने व्यवस्था छ । आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि १९ साउन २०७९ सम्म दर्ता कायम रहेका राजनीतकि दलहरुलाई संविधान अनुसार २२ साउन देखि ३१ साउनसम्म निर्वाचन आयोग कान्तिपथमा दल दताका लागि सूचित गरेको उल्लेख छ ।

 

 

राजनीतिक दलको विवरण, दलको केन्द्रीय र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति, केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्य संख्या, वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति समेत उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ । दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रायोजनका लागि आयोगको नियमावली अनुसार निवेदन दिनुपर्ने व्यवस्था गरिएको समेत उल्लेख छ ।

 

Views: