d

टोकियो पुगे प्रचण्ड,  आइतबार हिरोसिमा भ्रमण गर्ने (भिडियो)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान पुगेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

 

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड पाँच दिने जापान भ्रमणका लागि शुक्रबार साँझ उडेर शनिबार बिहान राजधानी टोकियो पुगेका हुन् ।

जापानस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले नारिता अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा प्रचण्ड जापान उडेका हुन् । उनले भ्रमणका क्रममा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ ।

उनको सचिवालयले दिएको जानकारी अनुसार प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने ‘नेपाल फेस्टिभल’को समुद्घाटन गर्ने कार्यक्रम छ ।

त्यस्तैगरी आइतबार हिरोसिमाको भ्रमण गर्नेछन् । हिरोसिमा घटना भएको शनिबार ७५ बर्ष पूरा हुँदैछ । त्यस्तैगरी अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने  कार्यक्रम समेत रहेको छ ।

यसका साथै उनी जापानका आयोजना हुने विभिन्न कार्यक्रममा समेत सामेल हुने जनाइएको छ ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

 

Views: