d

दुर्गा प्रसाई माथि यसरी खनिए राप्रपा नेता अन्जर आलम (भिडियो सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: राप्रपा केन्द्रिय सदस्य तथा कचनकवल गाउँपालिका निवर्तमान अध्यक्ष अन्जर आलमले बि एन्ड सी अस्पताल संचालक दुर्गा प्रसाईलाई आफु विरुद्द जथाभावी प्रचार गरेको आरोप लगाएका छन् । एमाले अध्यक्ष खड्ग ओली संगको व्यक्तिगत भेटमा लिइएको तस्बिरको दुरुपयोग गरेको उनले आरोप लगाएका हुन् । 

उनले भनेका छन् ,'मेडिकल माफिया दुर्गा प्रसाईले अन्जर आलम एमालेमा प्रवेश गर्यो भनेर प्रचार गर्नु दुखद छ।'

 आफू राप्रपाको ईमानदार कार्यकर्ता भएको उल्लेख गर्दै आफू राप्रपा कहिल्यै नछाड्ने प्रतिबद्धता जनाएका छन् । 

उनले फेसबुकमा यस्तो टिप्पणी गरेका छन् 

सर्बप्रथम म अन्जरा आलम आज सामाजिक संजालमा आएका भ्रामक समाचारको पुर्ण खण्डन गर्दछु ।
# उक्त बिसयमा भन्नु पर्दा ब्यक्तिगत भेटघाट भएको र उक्त अबस्थामा खिचेको फोटोलाई नियतबस मिडिकल माफिया दुर्गा प्रसाईले एमालेमा प्रवेश गर्‍यो भनेर प्रचार गर्नु दु:खद छ ।
# अन्त्यमा मेरो यो फोटो प्रचार भएर राष्ट्रिय प्रजातन्त्र पार्टीका सहयोद्धा साथी नेता कार्यकर्ताहरुमा परेको सन्देश प्रति दु:ख मानेर म पुर्णत पार्टीप्रती कटिबद्द रहेको समेत प्रण गर्दछु ।र म  राप्रपा मै छु र जिबनभर राप्रपा मै रहने छु ।
जय रास्ट्वाद ।

 

दुर्गा प्रसाईलाई आलमको तात्तातो जवाफ, 'भ्रमको खेति नगर' Click here for video

 

No description available.

के लेखेका थिए प्रसाईले ?

No description available.

Views: