d

जब लिङ्देनलाई बालबालिकाले सोधे- 'तपाईं जस्तो असल मान्छे बन्न के गर्नुपर्छ?'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

‘म जस्तो युवा कालमा तपाईं के सोच्नु हुन्थ्यो’ भनेर प्रश्न सोध्ने वालवालिकाले १० वर्ष पछिको नेपालको परिकल्पना सम्मको बारेमा सांसद राजेन्द्र लिङ्देनसंग सम्वाद गरे। सिन्योन नेपाल भद्रपुर झापाकाे आयोजनामा शुक्रबार भद्रपुरमा भएको ‘वालवालिकासंग सांसद’-कार्यक्रमका सहभागी विद्यार्थीहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा संसदीय क्षेत्र नम्बर ३ का सांसद लिङ्देनसंग देशको आर्थिक, सामाजिक र राजनीतिक विषयसंगै कतिपयले रोल मोडल ठानेर हजुर जस्तो बन्न के गर्नुपर्छ सम्म भनेर प्रश्न राखे।
सम्वाद क्रममा वालवालिकामा देशप्रतिको चिन्ता र मोह झल्कन्थ्यो भने राजनीतिप्रतिको चासो र जिज्ञासा, देशको गरिवी,अशिक्षा, विकृति – विसंगतिलाई हटाउनेदेखि वालवालिकाको भविष्य केन्द्रीत प्रश्नहरू पनि सोधिएका थिए।

‘वालवालिकाले तपाईँ प्रधानमन्त्री हुनुभयो भने पहिलो काम के गर्नुहुन्छ, वालवालिकाको क्षमता अभिवृद्धिका लागि तपाईंको योजना के छ र नेपाल पछि पर्नुको कारण के हो जस्तो लाग्छ? जस्ता गहन प्रश्न मात्रै राखेनन् गणतन्त्र र राजतन्त्र मा के भिन्नता छ, राप्रपाको मुल विचार र धारणा केहो भन्ने चेतयुक्त राजनीतिक प्रश्न पनि तेर्स्याए। उनीहरूले युवा विदेश पलायन भएको, देश श्रीलङ्का उन्मुख भइरहेको र देशको आर्थिक विकासका बारेमा पनि सांसद लिङ्देनसंग बिना हिचकिचाहट अन्तरक्रिया गरे।
वाल मैत्री नगरपालिका घोषणा भएको भद्रपुरमा पहिलो पटक सिन्योन नेपाल आवद्ध वालवालिकाको आयोजनामा भएको अन्तरक्रियामा भद्रपुरका चारवटा विद्यालयका ११० जना छात्र छात्रा सहभागी थिए। वीरेन्द्र माध्यमिक विद्यालयकी छात्रा स्वीकृति पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर वाल सञ्जाल अध्यक्ष भावना पोखरेलले शुभकामना मन्तव्य राखखेकी थिइनभने कार्यक्रमको सञ्चालन भिसर्जा खतिवडाले गरेकी थिइन्।

झापा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा २२ जना छात्र छात्राले विभिन्न प्रश्न राखेका थिए। कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापाका अध्यक्ष राजकुमार राई, पत्रकार गोपाल गिरी लगायतको सहभागिता रहेको थियो।

Views: