d

आर्थिक अभावमा गौरादह बजार व्यस्थापन समिति, डस्बिन राख्न सम्म समस्या

Views:
Responsive Image Gallery
Responsive Image Gallery

डस्बिन राख्न गौरादह बजार व्यस्थापन समिति संग आर्थिक अभाव

   
मधु गुड्का, रजनिगन्धा, चाउचाउ, बिस्कुट,खैनि, चुराेट, चिजबल, कुरमुरेका खोल जतासुकै फ्याँक्छन् स्थानिय 


तत्काल डस्बिन राख्छौं - वाणिज्य संघ 

झगेन्द्र खड्का 
गौरादह/गौरादह बजार क्षेत्रमा डस्बिन नराखिदा पलास्टिक जन्य बस्तुहरु जताततै फालिएपछि बजारकाे सुन्दरता हराएकाे छ। गौरादह नगरपालिकाकाे सबै  भन्दा ठुलाे बजारका रुपमा रहेकाे गौरादह बजारमा कुहिने नकुहिने र काम नलाग्ने बस्तुहरु एकिक्रित गरि संकलन गर्न आवश्यक पर्ने डस्बिन बजार क्षेत्रमा छैन। डस्बिन नराखिदा पलास्टिक जन्य तथा अन्य फाेहाेर बस्तुहरु बजारमा जताततै फालिएका छन।गौरादहमा आइतबार र बिहिवार बजार लाग्ने गर्दछ। बजारकाे दिन ग्राहक र ब्यापारीहरुकाे भिडभाड हुने गर्दछ।बजार नलाग्ने दिनपनि बिहान बेलुका मानिसहरुकाे भिडभाड नै हुने गर्दछ।बजारमा सामान खरिद गर्न आउने मानिसहरुले आफुलाई चाहिने सामान खरिद गर्दछन। सामान खरिद गर्न आउने मानिसहरुले प्लास्टिक जन्य बस्तुहरु मधु गुड्का, रजनिगन्धा, चाउचाउ, बिस्कुट,खैनि, चुराेट, चिजबल, कुरमुरे लगायतका समान किनेर खाने गर्दछन। खानेकुरा खाएपछि खाेल फाल्ने डस्बिन ठाउँठाउँमा नहुदा बजारमा नै फाल्ने गरेका छन।कराेडौ रुपैयाँ खर्च गरेर बजारमा सुन्दर घरटहरा बजाई ब्लकईटा बिच्छाएर आकर्षक बनाएपनि प्लास्टिकजन्य तथा अन्य फाेहाेर बस्तु फालिदा बजारकाे अवस्था कुरुप देखिएकाे छ।हाटका दिन ब्यापारीहरुले सडेगलेका बस्तुहरु बजारमा फालिदा झिगा भन्कने र दुर्गन्ध फैलिन सक्ने सम्भावना पनि बढेकाे देखिन्छ।बजारमा सामान खरिद गर्न आउने मानिसहरुले पलास्टिक जन्य बस्तु प्रयाेग गरिसकेपछि पलास्टिक खाेल फाल्ने डस्बिन बजारमा नराखिएकाे गुनासाे गर्ने गरेका छन।बजारलाई सुन्दर र हाराभारा बनाउन कृषि बिकास बैंक शाखा गौरादहले बजारका गमला सहित बिरुवा राेपेकाे छ। बजारलाई सुन्दर र हाराभार बनाउन स्थानीय सरकार , बजार व्यवस्थापन समित र गौरादह उद्योग बाणिज्य संघले ध्यान दिन जरुरी छ।नगरपालिका भित्र रहेका बजारहरुलाई थप ब्यबस्थित गर्दै लैजन गौरादह नगरपालिका स्थानीय सरकारले आर्थिक बर्ष २०७९/०८० काे निति तथा कार्यक्रममा समेटिएकाे छ। बजारलाई ब्यबस्थित गर्न के कस्ता कार्यक्रम गरिने त्यसबारेमा भने स्पष्ट उल्लेख गरिएकाे छैन।बजार क्षेत्रलाई सर-सफाई राख्न स्थानीय सरकारले आवस्यक सामाग्रीकाे व्यवस्थापन गर्नुपर्ने हाे। गौरादह बजार क्षेत्र साँघुराे भएकाले तरकारी बजारलाई कृषि थाेक केन्द्रमा स्थानान्तरण गरि बजार ब्यबस्थाित गरेर बजार क्षेत्रमा आवस्यक डस्बिन राखिने गौरादह नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं -१ का वडाध्यक्ष नगेन्द्र भण्डारी बताउँछन्। बजार क्षेत्रमा अनावश्यक फाेहाेर बस्तु संकलनका लागि ठाउँठाउँमा डस्बिनकाे आवस्यकता महसुुस गरिएकाले त्यसकाे व्यवस्थापनका लागि नगरपालिका सँग समन्वय गरि राख्ने र नगरपालिकाबाट ढिलाइ भएमा ब्यापारीहरुबाट आर्थिक संकलन गरि डस्बिन राखिने गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष जे.बि. कार्की बताउँछन्।
बजार सर-सफाई रेखदेख निक्षण र नियन्त्रणका लागि जिम्मा पाएकाे बजार व्यवस्थापन समिति सँग आर्थिक अभाव रहेकाले डस्बिन राख्न नसकिएको गौरादह बजार व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र थापा बताउँछन्। गौरादह बजार क्षेत्रमा २ बर्ष अगाडि डस्बिन राखिएकाे तर चाेरी भएकाे अध्यक्ष थापाले बताए। केही बर्ष अगाडि देखि हाट कर नउठाएकाे र नगरपालिकाले बजार व्यवस्थापन कार्यबिधि समेत नबनाएकाले बजार व्यवस्थापन समितिले काम गर्न नसकेको अध्यक्ष थापाकाे भनाइ छ।बजारमा जताततै कुहिने तथा नकुहिने बस्तुहरु फालेर बजार फाेहाेर भएकाले समयमै निराकरण गर्न सम्बन्धित निकायकाे ध्यान जान जरुरी छ।

Views: