d

भारत संग दोहोरो संबाद गर्ने क्षमता अहिलेको सरकार संग छैन : ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार संग छिमेकी मुलुक भारत संग दोहोरो संबाद गर्ने क्षमता नभएको बताएका छन् । सोमबार रौतहटको गौरमा आयोजित बृहत पार्टी प्रवेश तथा आमसभालाइ सम्बोधन गदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

हरेक बर्ष बर्षाका समयमा गौर लगायत सिमा क्षेत्र डुबान पदै आएको अबस्थामा यो सरकारले भारत संग दोहोरो संबाद गरेर सिमा क्षेत्रको ड्याम हटाउन नसक्ने बताए ।

एमालेका अध्यक्ष ओलीले तराई मधेशका जिल्लाहरु बर्षेनी कटान, डुवान र बाढीको समस्या झेल्दै आउदा आफूले भारतीय प्रधानमन्त्री संग कुरा गर्दा समाधान गर्ने आवश्वास दिएपनि अहिलेको सरकारले कुनै वास्ता नगरेको आरोप लगाए ।

भारतीय प्रधानमन्त्री नेरन्द्र मोदी समक्ष सिमावर्ती क्षेत्रमा बनाइएको बाँधको कारण नेपाली भू भाग डुवान परिरहेको हुँदा त्यसको स्थायी रुपमा सधान गर्न पहल गर्ने थिए तर हामी सरकारबाट हटेपछि अहिलेको सरकारबाट निरन्तरता नहुँदा नेपाली क्षेत्र डुवानमै परेर समस्या झेल्नु परेकोमा चिन्ता व्यक्त गरे ।

अध्यक्ष ओलीले एमाले जनता एवं प्रगतिशिल जनताको पार्टी हो भ्रष्टाचारी, षड्यन्त्रकारी र देश विगार्नेको पार्टी नभएको दाबी गर्दै एमाले भ्रष्टाचारीलाई निरुत्साहित गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी भएको बताए ।

अध्यक्ष ओलीले जब सम्म अन्य दलहरु भ्रष्टाचारमा लिप्त भई जनताको खुन पसिना चुस्ने पार्टीहरु रहिरहन्छ तव सम्म एमालेमा प्रवेश गर्नेहरुको लहर जारी रहेने स्पष्ट पारे । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, कसले भन्छ एमालेको सरकार बन्दैनन्, आउदो एक बर्ष भित्रमा एमालेको सरकार बनाएर देखाउने छु । मेरो नेतृत्वमा रहेको सरकारमा पछ्यौटेपन, भेदभाव, छुवाछुतलाई हटाएर समृद्धिको तर्फ अघि बढिरहदा यस्ता परमादेशी सरकार अहिले चरम भ्रष्टाचारमा लिप्त भई नेपाली जनताको इच्छा आकाँक्षाको घाँटी निमोठी रहदा त्यस कार्यमा केही आफूलाई कम्युनिष्ट भनाउदाहरुको साँठगाठमा उक्त कुकृत्य जारी रहेको बताए ।

Views: