d

मोदिले प्रचण्डसँग भेट नगर्नुको अर्थ: 'नेपाल प्रतिको अपमान र हेपाई'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

हालै तीन दिने भारत भ्रमणका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट गरेनन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डसँग मोदीको भेट नभएको विषयमा पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा र टिकाटिप्पणी भइरहेका छन्। 

दुई दुई पटक प्रधानमन्त्री भैसकेका मुलुकका एक जना प्रभावशाली नेतालाई  भारतीय प्रमले अन्तिम समयमा आएर भेटवार्ता स्थगित गर्नु नेपाल प्रतिको अपमान र हेपाई  हो।
प्रचण्ड संग भेट हुन नसक्नुमा नेपालको परराष्ट्र मन्त्रालय भारतको लागि नेपाली दुतावास र पुप्पकमल दाहालको सचिवालय पनि यसको लागि मुख्य जिम्मेवार छ ।  पुर्व  प्रमले भारतिय प्रम संगको  भेट्घाट मिलाउने भने दाहाल र माओवादी पार्टी र नेपालको चरीत्रले गर्दा मुलुककै बदनाम भएको उल्लेख समेत गरेको छ ।  भ्रमणका क्रममा भारतमा पुग्ने बित्तिकै प्रचण्डले सन् १९५० को नेपाल भारत सन्धिको पुनरावलोकन  तथा लामो समय देखि भारतीय प्रधानमन्त्रीले नजर अन्दाज गर्दै आएको प्रबुद्द व्यक्तिको समुहको प्रतिबेदन बुझ्नु पर्ने बिषयको उठाउन गरेको र दाहालले गरेको बिषय बस्तुको उठान आफैमा स्बागत योग्य कुरा  रहेको जनाएका छन्। 

तर भारत नेपाल जस्तै तदर्थमा चल्ने मुलुक नभएको भन्दै संस्थागत चरीत्र भएको मुलुक भएको उनले उल्लेख गरेका छन् ।  प्रचण्ड स्वभ्रमणमा रहेको र भारतिय प्रधानमन्त्रीसग भेट्घाट समेत व्यवस्था रहेको सर्न्दभमा यस्ता बिषयबस्तुको सार्बजनिक उठानले राजनितीक अर्थ मात्र राख्ने भन्दै कुटनितिक रुपमा अर्थ नलाग्ने उनको टिप्पणी रहेको छ ।

लेखन: मिलन भट्टराई 

Views: