d

माओबादी केन्द्रले माग्यो काठमाण्डौका ३ निर्वाचन क्षेत्र 

Views:
Responsive Image Gallery
Responsive Image Gallery


 संघ र प्रदेशको चुनाव घोषणासँगै सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटका बैठक चलिरहेका छन् । भागबन्डाको टुंगो लागि नसकेको भए पनि दाबी-प्रतिदाबी भने चलिरहेकै छ ।

यस्तोमा काठमाडौंमा निकै कमजोर रहेको नेकपा माओवादी केन्द्रले यहाँका कति क्षेत्रमा दाबी गर्ला भन्ने चासो छ । काठमाडौं जिल्लामा १० वटा संघीय निर्वाचन क्षेत्र छन् । 

गठबन्धनको दोश्रो शक्तिशाली दल नेकपा माओवादीले यसपटकको चुनावमा काठमाडौंका तीन क्षेत्रमा दाबी गरेको बताइन्छ।  

गत बैशाख ३० मा सम्पन्न स्थानिय निर्वाचनमा गठबन्धन निकै फलदायी बनेको माओबादी केन्द्रले काठमाण्डौका ३ वटा निर्वाचन क्षेत्रमा दावी गरेपछि गठबन्धन भित्र  राम्रै बहसको विषय बनेको राजनीतिक विश्लेषकहरु बताउछन्।   

Views: