d

गंगालाल हृदयरोग केन्द्रको उपचार शुल्क घटाउन लिङ्देनको माग

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौ: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको स्वास्थ्य सेवा निशुल्क गर्नुपर्नेमा झन महंगो हुँदै गएको बताएका छन् । गंगालाल हृदयरोग केन्द्रले स्वास्थ्य जाच तथा उपचार खर्चमा व्यापक मात्रामा शुल्क बढाइएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । 
सामाजिक संजालमा स्टाटस लेख्दै अध्यक्ष लिङ्देनले 

स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्नेमा सर्वसाधारणका लागि तुलनात्मक रुपमा सहज र सस्तो उपचार सेवा प्रदान गर्दै आएको गंगालाल ह्रदय रोग उपचार केन्द्रमा जाँच तथा उपचारमा व्यापक मात्रामा गरिएको शुल्क वृद्धी अनुचित भएको बताउदै तत्काल फिर्ता गर्न सरकार संग माग गरेका छन् ।

Views: