d

कांग्रेस गौरादह नगर सभापतिको जिम्मेवारी कोइरालालाई 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेपाली कांग्रेस गौरादह नगर समितिको कार्यवाहक सभापतिको जिम्मेवारी गोपाल कोइरालालाई प्रदान गरिएको छ।  गत स्थानिय निर्वाचनमा पार्टीका उम्मेदवारमाथि असहयोग गरेको भन्दै निर्वाचित सभापति यादवराज सेडाई माथि उजुरी परेपछि रिक्त रहेको नगर सभापति पदमा कोइरालालाई कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरिएको बताइएको हो।  

बिहिवार सम्पन्न कांग्रेस नगर समितिको बैठकले अर्को निर्वाचन नहुन्जेल सम्मको लागि कोइरालालाई जिम्मेवारी प्रदान गरिएको बताइन्छ।   

 कोइराला गौरादह वडा न. २ का वडाध्यक्ष समेत हुन्। 

Views: