d

गौरीगंजमा दिवा खाजा रकम मलेपद्वारा बेरुजु ठहर 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

बन्दका समयमा निकासा खाजा रकम अन्य अनुदानमा कटौती गरि मिलान  -- गौरीगंज शिक्षा शाखा अधिकृत भट्टराई 

झगेन्द्र खड्का / मदन राजवंशी 

गौरीगंज/काेराेना भाइरस संक्रमणकालका समयमा बिद्यालय बन्द भएतापनि दिवाखाजा रकम निकसा भएपछि महालेखाले बेरुजु निकालेकाे छ। भाइरसकाे संक्रमण दर बढेकाे समयमा २०७८ बैशाख १३ गते देखि असार मसान्तसम्म सामुदायिक बिद्यालय बन्द रहेपनि झापाका केही पालिकाहरुमा दिवाखाजाकाे रकम निकासा गरिदा महालेखाले बेरुजु देखाएकाे हाे। कोरोना भाइरस संक्रमण बढेकाे समयमा मानवीय क्षेती कम गर्न सरकारले बिद्यालय बन्द गरेकाे थियाे।सामुदायिक बिद्यालयमा अध्यानरत पुर्ब प्राबि देखि कक्षा -५ सम्मका बिद्यार्थीहरुलाइ प्रति विद्यार्थी १५ रुपैयाँका दरले खाजाको रकम नेपाल सरकार बाट उपलब्ध हुँदै आएकाे छ। विद्यार्थीको दैनिक  हाजिरीका आधारमा उपलब्ध गराइने खाजा खर्चकाे रकम  विद्यालय बन्द रहेकाे समयमा पालिकाले निकासा गरेसँगै महालेखाले प्रश्न उठाएको हो ।विद्यालयमा संचालित दिवाखाजा कार्यक्रमको रकम खर्च गर्ने सम्बन्धमा कार्यक्रम समन्वय पुस्तिका २०७७/०७८ अनुसार विद्यार्थीको हाजिरी गन्तीका आधारमा खर्च गर्ने व्यवस्था छ ।गौरीगञ्ज गाउँपालिकाका साथै अर्जुनधारा, कनकाई, मेचीनगर र दमक नगरपालिकाले विद्यार्थीको खाजा वापतको रकममा अनियमितता गरिएको महालेखाले जनाएकाे छ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यक्रम पुस्तिका ०७७/०७८ मा तराईका जिल्लामा प्रतिविद्यार्थी १५ रुपैयाँका दरले १ सय ८० दिनको दिवाखाजा खर्च विद्यार्थी हाजिरीको आधारमा उपलब्ध गराउने व्यवस्था छ । विद्यालय नलागेको समयमा दिवाखाजाको रकम नियम बिपरित निकासा गरेसँगै महालेखाले खाजा खर्चको रकम यकिन गरी उपलब्ध गराउन पालिकलाई निर्देशन दिएको छ।गौरीगञ्ज गाउँपालिकामा २६ वटा सामुदायिक विद्यालय रहेका  छन् । गौरीगंज गाउँपालिकामा रहेका बिद्यालयमा खाजा खर्च वापतको रकम पालिकाले अनियमितता गरेसँगै महालेखाले प्रश्न उठाएको हो ।गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर कार्कीले खाजा खर्चको रकम आफूहरुले निकासा गरेको बताएका छन् । सुरुवाती समयमा आफूहरुलाई खाजा खर्चको रकम केा विषयमा के गर्ने भन्नेमा अन्यौल भएको र विद्यालयकाे खाजा रकम मागका आधारमा निकासा गरेको कार्कीले बताए । खाजाको अनियमितताको विषयमा पालिकाका शिक्षा शाखा प्रमुखहरु सँग बुझ्दा खाजा खर्चको रकम वेरुजु नरहेको बताएका छन् । महालेखाको प्रतिवेदनमा  उल्लेख भए अनुसारकाे अनियमितता नगरेको जिकिर गरेका छन।गौरीगंज गाउँपालिका शिक्षा शाखाले दिवा खाजा वापतकाे रकम त्रैमासिक रुपमा निकासा गर्ने गरेकाले रकम निकासा भएपछि काेराेनाका कारण बिद्यालय बन्द हुनजाँदा बन्दका समयमा खाजा रकम निकासा भएजस्ताे देखिएकाे गौरीगंज शिक्षा शाखा अधिकृत केशव भट्टराई बताउँछन् । रकम निकासा भएपछि बिद्यालय बन्द भएपनि खाजाकाे बिल भर्पाईका आधारमा बिद्यालयले पाउने अन्य ससर्त अनुदान रकममा कटौती गरि मिलान गरिएकाे भट्टराई बताउँछन्। बिद्यालयमा बढी निकासा भएकाे खाजा रकम ससर्त अनुदानमा कटौती गरि असार मसान्तभित्रमा मिलाई सकेकाले मलेपले देखाए जस्ताे बेरुजु नभएकाे भट्टराईले दाबी गरेका छन।

Views: