d

चार कम्युनिष्ट पार्टीले गरे जनसंघर्षका कार्यक्रम घोषणा (विज्ञप्ति सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: विप्लब नेतृत्वको नेकपा सहितका चार कम्युनिष्ट घटकले देशव्यापी रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका छन्।  नेकपाका अध्यक्ष नन्द किशोर पुन: (विप्लब), नेकपाका अध्यक्ष ऋषी कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव आहुती तथा नेकपा माओबादी समाजवादीका अध्यक्ष कर्ण बहादुर बुढाथोकी 'सुशील' द्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै भाद्र १ गते देखि ७ गते सम्म देशव्यापी संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन्। विज्ञप्तिमा यस अघि पनि एमसीसी सम्झौता, नेपाल कम्युनिष्ट संग भएको ३ बुंदे सहमतिको उल्लङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लब लगायतका नेता कार्यकर्ता माथि पक्राउ पुर्जी जारी लगायतका विषयमा संघर्षका कार्यक्रम गर्दै आएको र आगामी दिनमा समेत अझै शसक्त र प्रबाकारी रुपमा संघर्षका कार्यक्रम गरिने उल्लेख गरिएको छ।  


विज्ञप्तिमा भनिएको छ, 'राज्य आतंक, राष्ट्रघाती र जनघाती सरकारका गलत कार्य सच्याउन, सुधार्न र रोक्न हामी संग जनजगारण, जनहस्तक्षेप र जनसंघर्ष गर्नु बाहेक अर्को विकल्प छैन।  तसर्थ राज्य जुन गलत बाटो बाट हिडिरहेको छ त्यसलाई रोक्न चार कम्युनिष्ट पार्टीले जनसंघर्षका कार्यक्रम घोषणा गरेका छौं।'

घोषित कार्यक्रम अनुसार भाद्र १ गते ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भाद्र ४ गते देशव्यापी विरोध सभा, काठ्माण्डौ उपत्यका केन्द्रित विरोध सभा, भाद्र ६ गते देशव्यापी मसाल जुलुस, र भाद्र ७ गते नेपाल बन्दको कार्यक्रम आयोजना गरिएको उल्लेख छ।  

Views: