d

पर्दाफास मिडियाको प्रथम वार्षिक उत्सवउ तथा कार्यालय उद्घाटन सम्पन्न 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: पर्दाफास मिडिया प्रा. लि. को प्रथम वार्षिक उत्सव तथा कार्यालय समुद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ।  गौरादह वडा न. १ मा विधिवत रुपमा कार्यालय सुभारम्भ गर्दै उक्त संचार गृहले प्रथम वार्षिक उत्सव समेत सम्पन्न गरेको हो।  

 

 

गौरादह डिपुचोकमा अवस्थित पर्दाफासको कार्यालयको आज शनिवार औपचारिक उद्घाटन नगर प्रमुख छत्रपति सुवेदीले गर्नु भएको थियो ।  

कार्यक्रममा आफ्ना शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि तथा नगर प्रमुख सुबेदीले राज्य र सञ्चार एक अर्काका पुरक भएको बताउनु भयो।   राज्यको चौथो अंगको उपाधी पाएको संचार क्षेत्रले कलम चलाउदा सत्य र तथ्यमा आधारित समाचार मात्र सम्प्रेषण गर्नु पर्ने धारणा राख्नु भयो। 

 

 

नगर उपप्रमुख जलाबर्षा राजवंशीले सत्य र न्यायको पक्षमा पत्रकारले सदैब अडिग भएर कलम चलाउनु पर्ने बताउनु भयो।  सदाबहार प्रतिपक्षको रुपमा पत्रकारले भूमिका निर्वाह गर्नु पर्ने भन्दै वहाँले बिचार र अभियक्ति स्वतन्त्रकै कारण समाज परिवर्तनशील हुँदै गएको धारणा राख्नु भयो।  

वडा न १ का वडाध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारीले सुचनाको हकको अधिकार प्रत्यायोजनमा नगर पालिका सदैब सकरात्मक रहने बताउनु भयो।  नगरका गतिविधिलाई पाक्षिक वा मासिक रुपमा संचारकर्मीहरुलाई प्रेस रिलिज मार्फत उपलब्ध गराउने बताउदै वहाँले पत्रकारले चलाएका कलमका आधारमा समाजले त्यहि बमोजिमको धारणा बनाउने हुनाले पत्रकारले सदैब सजग भएर कलम चलाउन सुझाव दिएका थिए।  

समारोहमा ग्लोबल कलेज दमकका प्र. अ. गुणराज अधिकारीले अनलाइन संचारमाध्यमको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्नु  भएको थियो।  

कार्यक्रममा वडा न. ४ का वडाध्यक्ष दुर्गामणी वस्नेत, एमाले गौरादह नगर अध्यक्ष मित्रदेव काफ्ले, राप्रपा कार्यवाहक नगर अध्यक्ष डि पी भट्टराई, गौरादह कृषि क्याम्पसका क्याम्पस प्रमुख कृष्णहरी देवकोटा, धिमधिमे युवाक्लबका सचिव गुणराज पौड्याल, एमाले प्रदेश सदस्य मदन अधिकारी, एमाले प्रदेश कमिटि सदस्य तथा क्षेत्र नं. ५  सह-इन्चार्ज योगराज दाहाल, गौरादह नगर स्काउट संयोजक गंगा कार्की, सामाजिक व्यक्तित्वहरु भानुप्रताप न्यौपाने, मन्दिरा कार्की, कविता घिमिरे लगायत विभिन्न संघ / संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।  
  
प्रा. लि. का प्रवन्ध निर्देशक सान नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन कार्यालय प्रमुख पकजा भण्डारीले गर्नु भएको थियो।

 

फोटो फिचर

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

No description available.

 

No description available.

 

No description available.

 

No description available.

No description available. 

Views: