d

गौरादहको वडा नं. ८ जहाँ एउटै सहकारी थिएन...

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह/ ५ वटा गाविसलाई गाभेर २०७२ सालमा गौरादह नगरपालिका निर्माण गरिएपछि वडा नं. ८ भने सहकारी बिहिन हुनपुग्यो । साविक जुरोपानी गाविसलाई गौरादहको वडा नं. ७ र ८ मा रुपान्तरण गरिएपछि सबै सहकारीहरु वडा नं. ७ मा परेकाले उक्त वडा भित्र एउटा पनि सहकारी संस्था नभएको हो । 

No description available.

 

No description available.

सिंगो वडामा एउटा पनि सहकारी संस्था नहुदा वडावासीहरु सहकारी संस्थाको पहुँचबाट टाढा रहन बाध्य भएका थिए । 

सहकारी संस्थाको अभावलाई मध्यनजर गर्दै सहकारी स्थापनाको लागि आजबट पहल थालनी गरिएको छ । आज शनिबार स्थानीय अरुणाेदय आधारभूत बिद्यालयकाे प्राङ्गणमा भेला भएका कृषक समुहहरुले कृषि सहकारी स्थापना गर्ने प्रक्रियालाई मुर्तरुप दिएका छन् । 

कृषि सहकारी संस्था स्थापना गर्न स्थानीय खेमराज अधिकारीकाे संयाेजकत्वमा २५ सदस्यीय तदर्थ समिति गठन गरिएकाे छ। तदर्थ समितिले  संस्थाकाे नाम जुराएर बिधान बनाई संस्था दर्ता गराउन सहजताका लागि ७ सदस्यीय सचिवालय सदस्य बनाएकाे छ ।

 अधिकारीको संयोजकत्वमा गठित सचिबालयका अन्य सदस्यहरुमा डिल्ली दाहाल,रेवत राजवंशी , गायत्रा दुलाल थापा, चन्द्र बहादुर तामाङ,सरस्वती खत्री र कचानु प्रसाद ताजपुरिया रहेका छन् । 

भेलामा उपस्थित स्थानीय केवल बस्नेतले वडा नं -८ मा सहकारी संस्था नहुदा वडा बासिहरुले किसानका लागि आवश्यक पर्ने मल, बिउबिजनका लागि समेत अन्य वडा वा अर्काे पालिका सँग परनिर्भरहुनु परेकाे बताएका थिए। आफ्नै वडामा सहकारी संस्था भएमा किसानलाई सहज हुने बस्नेतकाे भनाइ थियाे। ।नयाँ कृषि सहकारी संस्था स्थापना तथा सचिवालय सदस्यका संयाेजक खेमराज अधिकारीले वडाबासिहरुमा पर्न गएकाे समस्याको समाधानका लागि वडा नं -८ मा चाँडै नयाँ सहकारी संस्था स्थापना हुने बताएका छन् । वडा नं -८ काे मुल कृषक समूह भेलाकाे प्रमुख अतिथि तथा वडा नं -८ का वडाध्यक्ष गणेश  राजवंशीले वडामा सहकारी संस्था नहुदा बितिय काराेवार गर्न समस्या हुनुका साथै वडा बासिहरु अन्य सेवा सुबिधाबाट समेत बन्चित हुनु परेकाे धारणा राखेका थिए। वडा नं -८ भित्र रहेका १८ वटा कृषक समुहहरुकाे पहलमा स्थापना हुन लागेकाे कृषि सहकारी संस्थाले वडाबासिकाे समस्या समाधान गर्न सहयाेग पुग्नेमा बिस्वास ब्यक्त गरेका छन। वडा नं -८ भित्र रहेका कृषि समुहहरुकाे भेला कृषक मुल समितिका अध्यक्ष दुर्गा प्रसाद पाेख्रेलकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे।No description available.No description available.

Views: