d

बन्चरेडाँडामा मापदण्डविपरीत फोहोर विर्सजन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं ।  बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत फोहोर विर्सजन गरेको पाइएको छ ।
काठमाडौं उपत्यकाको फोहोर झण्डै ५० वर्षसम्म व्यवस्थापन गर्ने योजनाको साथ सञ्चालनमा ल्याइएको बन्चरेडाँडामा ग्याँस रिलिज हुने पाइपहरु पुरेर फोहोर व्यस्थापन भएको बताइएको हो।  

कामपाले आधुनिक र व्यवस्थित रूपमा निर्माण गरिएको ल्यान्डफिल साइटबाट ग्यास निस्कासन हुने पाइप पुरेर मापदण्डविपरीत फोहोर विर्सजनको काम गरेको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहेको बन्चरेडाँडा ल्यान्डफिल आयोजनाले बताएको छ ।

आयोजनाले दुई वटा सेलमध्ये पहिलो सेल निर्माण सम्पन्न गरेर फोहोर विर्सजन गर्नका लागि कामपालाई हस्तान्तरण गरिसकेको छ । सेल–१ मा फोहोर विर्सजन गर्ने क्रममा कामपाले ल्यान्डफिल साइटमा राखिएका ग्यास निस्किने पाइपलाई फोहोरले पुरेर फोहोरमाथि माटो बिछ्याएको छ । ल्यान्डफिलमा विर्सजन गरिएको फोहोरबाट निस्कने ग्यासको विसर्जनका लागि आयोजनाले तल्लो सतहबाटै ठाउँठाउँमा प्वाल पारेर ग्यास जाने पाइप ठड्याएको थियो ।

तर, कामपाले फोहोरको सतह थपिएसँगै उक्त पाइपलाई सुरक्षित गर्न ड्रम र पाइप थप्नुपर्नेमा सजिलोको लागि पाइप नै पुर्ने काम गरेको बताइएको छ।  

यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ  

Views: