d

गौरादहमा नाटकीय ढंगले ठगी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरादह ३ बरगाछीकी राधिका चौहान आगनमा धान सुकाउदै थिइन् । त्यसैबेला भारतीय नागरिक जस्तो देखिने दुईजना मानिसहरु त्यहाँ आएर भाडाकुडा सफा गर्ने पाउडर देखाउछ्न् । राधिकाले भन्छिन्,'तिमिहरुको पाउडर आफैं संग राख, चम्काउनु छैन कुनै भाडाकुडा ।'

उनीहरु अनुरोध गर्दै भन्छन्, 'दिदी एकपटक प्रयोग गरेर त हेर्नुस्, हामीलाई यसको पैसा पनि चाहिदैन।'

उनीहरुले पाउडर प्रयोग गरेर पित्तलका केही भाडाकुडा सफा पनि गरिदिन्छ्न्।

 

 

फेरि उनिहरु भन्छन्, 'यसले तपाईंले लगाएको सुन पनि टलक्कै टल्किन्छ।'

क्षणभरमै एउटा भाडोमा उमालेर सुनको सिक्री टिलिक्क टल्काइ दिन्छ्न् । 

उनीहरु अगाडी भन्छन्, 'तपाईंको कान कुन्डल कती मैलो छ हेर्नुस् त !'

क्षणभरमै एउटा सानो भाडोमा कुन्डल हालेर पकाउन थालिन्छ।

यी लिनुहोस् त तपाईंको कुन्डल कति चम्किलो भयो भन्दै कुन्डल थमाइदिएर उनीहरु त्यहाँबाट हतार हतार भाग्छ्न् ।

घटना पश्चात् संका लागेर सुन पसलमा लगेर आफ्नो सुनको गहना मापन गर्दा मात्र राधिकालाई आफू ठगिएको थाहा हुन्छ । 

राधिका भन्छिन् ,करिब ४ आना जति सुन पगालेर लगेछ्न् ।

उनीहरु को हुन् र कता गए उनलाई केही थाहा छैन । 

राधिकाले बताए अनुसार एउटा मानिस निकै मोटो छ । उसले सेतो टिसर्ट र सुरुवाल लगाएको छ । अर्को अलि पातलो छ, उसको साथमा एउटा कालो ब्याग पनि छ । 

पैदल यात्रामा रहेका उनीहरु त्यसपछि कता गए छरछिमेकीलाई समेत थाहा भएन । 

घटना आइतबार मध्याह्न करिव १२ बजेको हो । 

राधिका चौहानका पति धर्म चौहान वैदेशिक रोजगारी शिलसिलामा केही समय अगाडी देखि मलेसियामा छन् । 

 

धर्म चौहान फेसबुकबाट उक्त घटना सार्वजनिक गर्दै लेख्छन् ,'सुन धोइदिन्छु भन्दै केमिकल मा सबै सुन झारेर लाने भारतिय गिरोहहरु देखि साबधान!! आज गौरादह ३ स्थित मेरै घरमा यो घटना भएको छ। एस्ता गिरोह हरु लाई पहिचान गरि हाम्रो नगर भित्र पस्न प्रतिबन्ध लगाइयोस........नत्र आज मेरो घरमा लुटियो भोलि अर्काको घरमा नलुट्लान भन्न सकिँदैन।। हात हेरिदिन्छु भन्ने, सुन धोइदिन्छु भन्ने लगायत का विभिन्न बहानामा हामि सोझा नेपाली भारतीय हरु बाट लुटिदैआएका छौ तेसैले स्थानीय जन सरकार, प्रसासनिक निकायहरुले समेत अलि ध्यान दिन जरुरी छ।'


'केमिकलमा चोबेपछी सुन जति सबै पग्लिने रहेछ, उनीहरुले मलाई ठगेर भागे', श्रीमती चौहानले भनेकी छिन् । 

'मेरो आँखा अगाडी कानमा लगाएको सुन केमिकलले पगालेर लिएर भागे, यस्तो घटना जीवनमै पहिलो पटक घट्यो, अरु कसैलाई यस्तो नहोस् । सजग रहनुहोला', चौहानले पर्दाफास प्रतिनिधिलाई बताइन् ।

Views: