d

राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । 


प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले अस्वीकृत गर्दै राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएकी हुन् । 


राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११३ को उपधारा ३ बमोजिम सन्देशसहित राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाइदिएको उल्लेख छ । 

यसअघि दुबै संसदबाट विधेयक पेश भएर सभामुख अग्नि सापकोटाले प्रमाणित गरी संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेश भएको थियो । 

Views: