d

चुनावी गठबन्धनको निर्णय गर्ने जिम्मेवारी अध्यक्ष लिङ्देनलाई

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आगामी मङ्सिर ४ गते सम्पन्न हुने संघीय तथा प्रदेश सभा निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्तरिक तयारी सुरु गरेको छ।  आज पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावी गठबन्धन गर्नका लागि आवश्यक निर्णय गर्ने जिम्मेवारी लिङ्देनलाई दिएको हो।

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयले चुनावी गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय र पहलकदमी गर्न राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई अगाडी बढाउने भएको छ।  

पार्टी प्रवक्ता मोहन श्रेष्ठले ‘अब हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विभिन्न राजनीतिक दलसँग गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय र पहलकदमी लिन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकले जिम्मेवारी प्रदान गर्ने’ निर्णय बैठकले गरेको जानकारी दिए।

उनकाअनुसार अध्यक्ष लिङ्देनको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठन पनि भएको छ।


चुनावका लागि घोषणा पत्र तयार गर्न गीताभक्त जोशीको संयोजकत्वमा सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, जयन्तनाथ खनाल र हेमराज कार्की रहेको समिति गठन भएको छ।

राप्रपाले आफ्नो सबै शक्ति निर्वाचनमा लगाउने पनि निर्णय गरेको छ। अध्यक्ष लिङ्देनले गत शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका थिए। आगामी चुनावमा गठबन्धन गरेर जानेलगायत विषयमा उनीहरूबीच कुराकानी भएको थियो। 

Views: