d

ओलाले ल्यायाे नयाँ विद्युतीय स्कुटर,  मूल्य पनि सस्तो, कति पर्छ ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । भारतीय स्टार्टअप ओलाले आफ्नो दोस्रो विद्युतीय स्कुटर बजारमा ल्याएकाे छ ।

घाेषणा गरेकाे एक वर्षपछि कम्पनीले ‘ओला एस१’ माेडलकाे स्कुटर बजारमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार याे स्कुटरमा ३ किलोवाट आवरको ब्याट्री क्षमता छ ।


९५ किलो मिटर प्रति घण्टासम्मको गति प्रदान गर्ने स्कुटरले फुल चार्जमा अधिकतम १३१ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएकाे छ ।

यसमा म्युजिक, नेभिगेसन, एप, रिभर्स मोड लगायतका फिचर उपलब्ध छन् ।

स्कुटरको बजार मूल्य एक लाख भारतीय रूपैयाँ तोकिएको छ । Image: India Today

Views: