d

गठबन्धन सरकार विरुद्द धर्मदेवीमा उर्लियो एमाले, मूल्य वृद्धिको चर्को विरोध

Views:
Responsive Image Gallery
Responsive Image Gallery

धर्मदेवीमा गठबन्धन सरकार विरुद्द एमालेको चर्को विरोध  

संखुवासभाको धर्मदेवीमा गठबन्धन सरकार विरुद्ध  संखुवासभाको धर्मदेवी नगरपालिकामा वर्तमान सरकारको बिरुद्धमा प्रदर्शन गरिएको छ । पेट्रोलियम पदार्थ र दैनिक भान्सामा प्रयोग हुने उपभोग्य सामान लगायतको चर्को मूल्य वृद्धि गरेको भन्दै नेकपा एमाले धर्मदेवी नगर कमिटीको आयोजनामा सरकारको विरुद्धमा विरोध प्रदर्शन गरिएको हो । हात हातमा प्लेकार्ड बोकेर जुलुस प्रर्दशन गर्दै मुढे बजारमा भेला भएका एमाले नेता कार्यकर्ताहरुले वर्तमान सरकारको चर्को विरोध गरे ।

 
विरोध प्रदर्शनका क्रममा भएको कोणसभामा बोल्दै जिल्ला समन्वय समिति संखुवासभाका पूर्व उपप्रमुख तथा एमाले नेतृ अम्बिका खवासले देशमा भइरहेको महंगी र भ्रष्टाचारले देश र जनताको कहिलै भलो नहुने भन्दै यसको विरुद्धमा नेकपा एमाले सधैं खबरदारी गरिरहने बताउनुभयो । उहाँले मंहगी र भ्रष्टाचार यसरी नै मौलाउँदै जाने हो भने नेकपा एमालेले अझ सशक्तरुपमा सडकमा उत्रिएर वर्तमान गठबन्धन सरकारलाई घुडा टेकाउने चेतावनी समेत दिनुभयो ।

 
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले धर्मदेवी नगर कमिटी उपाध्यक्ष कविता श्रेष्ठले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा समेत नेपाल सरकारले मूल्य नघटाएको भन्दै वर्तमान सरकार महंगी र भ्रष्टाचारमा रमाइरहेको बताउनुभयो । उहाँले घरायसी उपभोग्य सामानको चरम मूल्य वृद्धि हुँदा समेत वर्तमान गठबन्धनको सरकार टुलुटुलु हेर्दै बसेर निमुखा जनताको ढाड सेक्ने काम गरेको भन्दै तत्काल जनताले राहत पाउने गरि मूल्य वृद्धि नियन्त्रण गर्न सरकारसमक्ष आग्रह गर्नुभयो ।

 No description available.
विरोध प्रदर्शनमा धर्मदेवी नगरपालिका प्रमुख समेत रहेका नेकपा एमाले जिल्ला कमिटी सदस्य उदयचन्द्र पौडेल, धर्मदेवी ३ का वडाध्यक्ष समेत रहेका एमाले जिल्ला कमिटी सदस्य श्यामबहादुर पौडेल, धर्मदेवी १ का वडाध्यक्ष तथा एमाले नगर कमिटी सदस्य जगत कार्की लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

No description available.

 

Views: