d

प्रहरीको सिमामा निगरानी फितलाे, अबैध सामग्री बरामद गर्न जिल्ला टाेलीकाे भर

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झगेन्द्र खड्का 

गौरादह/नेपाल भारत दशगजा सिमाक्षेत्रमा सशस्त्र प्रहरी बसेपनि अबैध सामग्री निकासी पैठारी नियन्त्रण गर्न जिल्ला प्रहरीकै भरपर्नु परेकाे छ।सिमा क्षेत्रमा सशस्त्र प्रहरी बसेपनि भारतीय क्षेत्रबाट नेपाल सरकारबाट प्रतिबन्धित अबैध सामग्री दिन प्रतिदिन भित्रीरहेकाे छ। दशगजा क्षेत्रमा सिमा सुरक्षा, अबैध सामग्री चाेरी पैठारी नियन्त्रण गर्न नेपाल सरकारले सिमामा सशस्त्र प्रहरी राखेकाे छ। सिमामा सशस्त्र प्रहरी र आसपासमा नेपाल प्रहरी रहेपनि अबैध सामग्री भित्रिने कार्य नियन्त्रण हुन सकेकाे छैन।समयसमयमा जिल्ला नेतृत्वकाे सशस्त्र प्रहरी र नेपाल प्रहरीको टाेलिले छड्के चेकजाँच गर्दा भारतीय क्षेत्रबाट नेपाल भित्रीदै गरेका अबैध सामग्री बरामद हुने गरेका छन। 

नेपाल भित्रने अबैध सामग्री सडकमा ल्याउदै गरेकाे वा नेपाल तर्फ भित्र्याएर कुनै ब्याक्तीकाे घर वा ग्वालीमा लुकाएर राखेकाे अवस्थामा बरामद हुने गरेकाे छ।झापाको गौरीगंज नाकाबाट अबैध र प्रतिबन्धित सामग्री लुकाई छिपाई नेपाल तर्फ भित्रीने गरेका छन।भारतीय क्षेत्रबाट सुर्ती, खानेतेल, चिनी, मेसिनरी पार्टपुर्जा, नक्कली कपाल, लसुन, प्याज, माछा लगायतका सामग्री नेपाल तर्फ भित्रीने गरेका छन। 

सानाे मात्रामा दैनिक सामग्री भित्रिएपनि ठुलाे भाेलियममा कहिलेकाहीँ मात्र भित्रीने गरेकाे छ।दिउसाे वा साँझकाे समयमा प्रतिबन्धित सामग्री नेपाली बजारमा भित्रदा प्रहरीले थाहा पाउदैन । किसानले आफ्नो घरकाे लागि चाहिने एक बाेरा मल तथा सानाे एकाईमा घरका लागि सामग्री ल्याउदा केके न ल्याएजस्ताे गरि सिमाक्षेत्रमा चेकजाँच गरिन्छ। सिमामा चेकजाँचका लागि बसेका सशस्त्र प्रहरी र प्रहरी तस्करहरुले प्रतिबन्धित सामग्री ल्याउदा थाहापाए पनि नपाए जस्ताे गर्ने गरेका छन। 

अबैध सामग्रीकाे बिषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी सँग बुझ्दा खुल्ला सिमनाका कारण तस्करहरुले बैकल्पिक बाटाे प्रयाेग गर्दा नियन्त्रणमा लिन नसकिएको बताउँछन्। तस्करहरुले सिमाक्षेत्रबाट भित्र्याउने अबैध सामग्री बरामद गर्न स्थानीयले सहयाेग गर्नुपर्ने भन्दै सशस्त्र प्रहरी र नेपाल प्रहरी पन्छिने गरेका छन। सिमा क्षेत्रमा ठुलाे मात्रामा सशस्त्र प्रहरी परिचालन र आसपासमा नेपाल प्रहरी रहदा अबैध सामग्री नेपाल भित्रीदा पनि प्रहरीले नदेख्नु प्रहरी माथिनै संका उत्पन्न भएकाे स्थानीयकाे भनाइ छ। 

ईलाका प्रहरी कार्यलय गौरीगंज र जिल्ला प्रहरी कार्यलयकाे टाेलीले आइतबार गौरीगंज क्षेत्रबाट ठुलाे भाेलियममा चिनि बरामद गरेकाे छ।भारतीय क्षेत्रबाट लुकाइ छिपाइ नेपाल भित्र्याएर गौरीगंज ५ काे जनता टाेलमा ग्वालिमा लुकाएर राखेकाे अवस्थामा चिनि बरामद गरेकाे हाे।बरामद गरिएकाे चिनि ३१ बाेरा १ हजार ५ सय ५० के.जि. १ लाख ११ हजार रुपैयाँ मूल्य बराबर रहेकाे जिल्ला प्रहरी कार्यलयका प्रबक्ता तथा प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी गराएका छन। 

जिल्ला प्रहरीकाे टाेलिले केही समय अगाडि भारतीय क्षेत्रबाट नेपाल भित्र्याई दमक तर्फ लादै गरेकाे अवस्थामा गौरादह क्षेत्रबाट माछा, नक्कली कपाल बरामद गरेकाे थियाे। सशस्त्र प्रहरीकाे माथिल्लो निकायले पनि भारतीय क्षेत्रबाट नेपाल तर्फ ल्याउदै गरेकाे अवस्थामा केही समय अगाडि गौरीगंज क्षेत्रबाट सुर्ती बरामद गरेकाे थियाे।

Views: