d

फोहोर व्यवस्थापनमा राप्रपाले अवरोध गर्यो भन्ने भ्रम नछर्न लिंगदेनको चेतावनी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले काठ्माण्डौको फोहोर व्यवस्थापनमा राप्रपाले समेत अवरोध गर्यो भन्ने भ्रामक समाचार आएको भन्दै आक्रोश व्यक्त गरेका छन्।  अध्यक्ष लिङ्गदेनले आफ्नो पार्टीले त्यस्तो अवरोध नगरेको भन्दै राप्रपा फोहोरमा राजनीति गर्ने पार्टी नभएको बताएका हुन्।  
सामाजिक संजाल बाट आक्रोश पोख्दै अध्यक्ष लिङ्गदेनले फोहोर व्यवस्थापनमा अवरोध गर्न यदि कोहि राप्रपा कार्यकर्ताको संलग्नता देखिएको भए त्यस्ता कार्यकर्तालाई कार्बाही गर्ने समेत बताएका छन्।  

जिम्मेवार स्थानबाट गलत प्रचार हुनु नहुने भन्दै उनले भविष्यमा यस्ता आधारहिन र गलत संदेश सम्प्रेषण नगर्न आग्रह समेत गरेका छन्।    

Views: