d

पार्टी छोडेको १० वर्ष पछि एमालेमै फर्किए राई  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं ।  पूर्वमन्त्री हेमराज राई एमालेमै फर्किएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरेको १० वर्षपछि उनीसहित सैयौं नेताकार्यकर्तासमेत एमाले फर्किएका हुन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)मा रहेका राईलगायत नेताले केही दिनअघि पार्टीबाट राजीनामा दिएका थिए । एमाले केन्द्रीय कार्यालय ललितपुर, च्यासमा बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई स्वागत गरे।  

जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य राईसहित केन्द्रीय सदस्यहरू शान्तकुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सिना, कर्णबहादुर रतौकी, सुनिल विश्वकर्मा, शंकरबहादुर सार्कीलगायत एमाले प्रवेश गरेका हुन् ।

Views: