d

माधव-प्रचण्ड  पार्टी एकताको तयारीमा जुटे

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं: पार्टी गठनको एक वर्ष नपुग्दै नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि तयार भएको छ। गत वर्ष एमालेबाट विभाजन भएर बनेको नयाँ दल माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेकपा माओबादी केन्द्रबीच एकता हुने संकेत देखिएको हो।  

२०७८ भदौ ९ गते निर्वाचन आयोगबाट दलको मान्यता पाएर  नयाँ दल बनेको थियो।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मुखमा माओवादीसँग मिल्न तयार भएको नेताहरुले बताएका छन्। बुधबार एकीकृत समाजवादीको सचिवालयको बैठकले एकताको विषयलाई औपचारिकता दिएको छ। एकता वार्ता संयोजन समिति बनाएर जाने सचिवालयको बैठकमा निर्णय भएको हो। माओवादी केन्द्रको मंगलबारको स्थायी कमिटीको बैठकले  पनि एकीकृत समाजवादीसँग एकता गर्न एकता संयोजन समिति बनाउने सहमति गरेको थियो। मंगलबार नै माओवादी केन्द्रका अध्यक्ष षुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराई र आफू एक ठाउँमा उभिएको भन्दै नेपालसँग पनि छिट्टै एकता हुने बताएका थिए। 

चुनावअघि एकताका लागि तयार भएको एकीकृत समाजवादी नेकपा एमालेबाट विभाजन हुँदा भने एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई देखाएर अलग भएको थियो। नेपाल पक्षका नेताहरुले पार्टी विभाजनमा जाने निश्चित भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पद धरापमा परेको थियो। ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदा पनि पार्टीको निर्णय विपरीत तत्कालीन माधवकुमार नेपालसहितका एमाले सांसदहरुले पार्टी निर्णयको उल्लंघन गरेका थिए।

Views: