d

हिम पर्वत हाइड्रोले ४२ लाख कित्ता आईपीओ निष्कासन गर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं - हिम पर्वत हाइड्रोपावर लिमिटेडले ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सि.बि.आई. एल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

उक्त सम्झौतामा हिम पर्वत हाइड्रोपावरका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सि।बि।आई।एल क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सि.बि.आई. एल क्यापिटल लिमिटेडले हिम पर्वत हाइड्रोपावर लिमिटेडको १४ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता शेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्कासन गर्नेछ । आजको अर्थ। 

Views: