d

गोल्डेन सनराइजमा पनि जेब्राले जित्यो चुनाव

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गत स्थानीय निर्वाचनमा लौरो चुनाव चिन्ह प्रयोग गरेका धरानका हर्क साम्पाङ र काठमाडौका बालेन्द्र साह विजयी भएपस्चात पनि सर्वाधिक चर्चामा छन् । गौरादह नगरपालिका वडा नं. ३ मा जेब्रा चुनाव चिह्न लिएर निर्वाचनमा उत्रिएका स्वतन्त्र उम्मेद्वार दिलिप भण्डारीले सर्वाधिक मत ल्याएर वडाध्यक्षको कुर्सी सम्हाल्न पाए। बालेन, हर्क साम्पाङ र दिलिप भण्डारीकै झझल्को दिनेगरी झापाको एउटा निजि बिद्यालयमा जुनियर रेडक्रस सर्कलको निर्वाचन सम्पन्न भएको छ ।  प्रजातान्त्रिक पद्धतिबाट सम्पन्न भएको गोल्डेन सनराइज़ मा वी गौरादहको  जुरेस निर्वाचनमा पदाधिकारी तर्फका बिद्यार्थीहरुले जेब्रा, हात्ती, गैडा, कार, साइकल, हेलिकप्टर जस्ता चुनाव चिन्ह प्रयोग गरेर निर्वाचन लडेका बताइन्छ। निर्वाचन आयोगनै गठन गरि प्रत्यक्ष निर्वाचन पद्धति अवलम्बन गरेर सम्पन्न निर्वाचनमा बिद्यार्थीहरुले उत्साहजनक रूपमा भाग लिएको जुरेस २०७८ कि अध्यक्ष प्रलिका मिश्रले बताइन् । मिश्र भन्छिन्, 'मैले कक्षा ४ मा पढ्दा देखि जुरेसको निर्वाचनमा भाग लिदै आएकी छु। कहिले मतदाता त कहिले उम्मेद्वार बन्ने मौका पाउँदा निर्वाचनको महत्त्वलाई व्यवहारिक ढंगले बुझ्ने अवसर पाएकी छु।' 

'हामीले सानै उमेर देखि वालिग मताधिकारको बारेमा जान्ने अवसर पाएका छौं, प्रतिनिधि छनौट गर्दा के के कुरामा ध्यान पुर्याउनु पर्छ भन्ने ज्ञान समेत भएको छ ।' , मिश्र भन्छिन् । 

गत साल भएको निर्वाचनमा प्रतिस्पर्धी विहिन हुँदै निर्विरोध अध्यक्ष बन्न सफल  मिश्र यो पटक निर्वाचन आयोगलाई सहयोग गर्न हर तरहले लागि परेकी थिइन् । विशेषगरी मतदाता शिक्षामा पुर्ण योगदान पुर्याएकी उनले शिक्षक र विद्यार्थीको संयुक्त प्रयासबाट भयरहित र निस्पक्ष रूपमा निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गर्छिन् । 

'सबैजना मिलेर निर्वाचन सम्पन्न गरिएको छ, निकै नै खुशी लागेको छ।', निवर्तमान अध्यक्ष मिश्र बताउछिन् । 

२०७९ का लागि भएको जुरेस निर्वाचनमा कक्षा ९ का इसान श्रेष्ठ अध्यक्ष पदमा विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा रेशम तामाङ, सचिब श्रेगा अधिकारी, सह-सचिब रोमन श्रेष्ठ, कोषाध्यक्ष दीक्षा योङ्हाङ रहेका छन् भने सदस्यहरुमा इक्सा योङ्हाङ, युवराज नेपाल, मुङ्गेन लावती, स्नेहा अधिकारी र मनिस ताजपुरिया रहेको गोल्डेन सनराईजका शिक्षक मोहन दङ्गालले बताए ।

Views: