d

नागरिकता विधेयक बहुमतले पारित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे नागरिकता विधेयक जस्ताकाे तस्तै बहुमतले पारित भएकाे छ । विधेयक पारित गर्नका लागि मतदान भएकाे थियाे । 

संसदमा एक सय ९५ जना सांसद उपस्थित भएकामा पक्षमा एक सय ३५ जनाले पक्षमा मतदान गरेका थिए । यस्तै विपक्षमा ६० जनाले मतदान गरेका छन् । 

अब याे विधेयक राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाकाे बैठक भदाै ६ गतेका लागि बाेलाइएकाे छ । त्यहाँबाट पनि पारित भइसकेपछि फेरि प्रतिनिधि सभामै आउनेछ । त्यसपछि सभामुखले प्रमाणीकरण गरेर राष्ट्रपतिकाेमा पठाउनुहुनेछ । सरकारले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 

Views: