d

 कोइराला समूहले माग्यो ४० प्रतिशत, सकसमा देउवा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पराजित शेखर कोइराला नेतृत्वको समूहले पार्टीभित्र ४० प्रतिशत हिस्सा माग गर्दै दबाब बढाएको छ ।

भ्रातृ संस्थामा नेतृत्व ल्याउँदा सभापति शेरबहादुर देउवाले बेवास्ता गरेको भन्दै कोइराला समूहले राष्ट्रियसभा गृहमा खबरदारी सभा नै गरेर अब चुप नबस्ने चेतावनी दियो ।

 बुधबार राष्ट्रियसभा गृहमा खबरदारी सभा गरेरै यो समूहले पार्टीभित्र न्यायोचित हिस्सा नपाए समानान्तर गतिविधि गर्ने चेतावनी नै दिएको छ ।

खबरदारी सभामा कोइराला स्वयं भने सहभागी थिएनन्  । त्यसो त कोइराला समूहबाटै उपसभापति बनेका धनराज गुरुङ र महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार कोही पनि सहभागी भएनन् ।

Views: