d

म प्रदेश सांसदको उम्मेदवार बन्न योग्य छु - अधिकारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: युवा व्यवसायी   श्याम अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र न. ५ अन्तर्गतको प्रदेश 'ख' निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्य पदमा उम्मेदवार आफु बन्न इच्छुक रहेको बताएका छन्।    राप्रपा झापा ५ प्रदेश 'ख' कार्यसमिति उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका अधिकारीले पार्टीले टिकट दिएमा त्यसको लागि तयार रहेको बताएका हुन्।  

'आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा म प्रदेश सभा सदस्यको प्रतक्ष्य तर्फको आकांक्षी रहेको जानकारी गराउन चाहन्छु।  पार्टी नेतृत्वले मलाई विश्वास गर्छ भन्ने लाग्छ।', अधिकारीले भनेका छन्।  

राप्रपा असल र इमान्दार व्यक्तिको कदर गर्ने पार्टी हो, सहि ढंगले मापन गर्ने हो भने म पनि त्यहि वर्गमा पर्ने मान्छे हो।', आफु प्रदेश सभाको लागि योग्य उम्मेदवार रहेको दावी गर्दै अधिकारी बताउछन्।    

उनि भन्छन्,  'राजनीति राजनीति जस्तो नै हुनुपर्छ, सेवा गर्ने थलोमा बसेर छोराछोरी पाल्ने सपना देख्नेहरुकै कारण आज मुलुक गम्भीर संकटतर्फ धकेलिएको हो।', 

 योग्य उम्मेदवारलाई आफुले पनि कदर गर्ने बताउने अधिकारी अयोग्य व्यक्तिले टिकटलिन षडयन्त्र गरेमा पार्टीको एजेन्डानै धरापमा पर्ने उनको बुझाई छ।  


   

Views: