d

पाठकले छाडे एमाले, अब स्वतन्त्र बस्छन् कि राष्ट्रिय स्वतन्त्र?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापा गौरादह ४ का देवी पाठकले एमाले परित्याग गरेको घोषणा गरेका छन् । बिद्यार्थी राजनीति देखि नै सकृय राजनीतिमा देखिएका पाठकले शुक्रवार मध्यरातमा फेसबुकमा स्टाटस लेख्दै एमाले छोडेको घोषणा गरेका हुन् । बिद्यार्थी नेतृत्वमा रहदै युवा संघमा रहेर पार्टीको संगठन विस्तारमा निकै सकृय रहेका पाठकले एमाले परित्याग गरेपछि पार्टी भित्र ठुलै तरंग आउने ठम्याइन्छ। पार्टीको संगठित सदस्यता परित्याग गरेको उल्लेख गरेका पाठकले एमसिसी, एसपिपी र नागरिकता विधेयकमा पार्टी नेतृत्व मौन बसी राष्ट्रहित विपरीतका कृयाकलापलाई सहयोग गरेको आरोप लगाएका छन्। पार्टी अध्यक्ष के पी ओली माथि व्यंग्य गर्दै उनले लेखेका छन्, 'पुर्व प्रधान मन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा वलीले आज राति ९ बजे पुर्वि नेपालकाे सालबाडि बाट रकेट उडान गर्नु भएछ सम्बृद्ध नेपाल सुखि नेपालीकाे नारालाइ सर्थक पर्दै यत्राे ठुलाे कार्य गर्नु भएकाेमा उहाँ लगायत सम्पुण कार्यक्रतालाई एमसिसी , एसपिपी र नगरिकता जस्ता बिषयमा मौन बसि सहयाेग गर्नु भएकाेमा धेरै धैरै धन्यवाद भन्दै आज मिति २०७९।०५।०३ गतेबाट नेकपा एमालेकाे संगठित सदस्य परित्याग गरेकाे घाेषणा गर्दछु।' एमाले भित्र संघर्षशिल रहदा रहदै अचानक पार्टी परित्याग गरेका उनको अवको यात्रा के हो खुलाएका छैनन् । श्रावण २९ गते पछिका उनका फेसबुक स्टाटसहरुबाट भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा उनको आकर्षण बढेको देखिन्छ ।

Views: