d

मङ्सिर ४ को निर्वाचनमा राप्रपालाई पराजित हुने छुट छैन - लिङ्गदेन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले यो पटकको निर्वाचनमा राप्रपालाई पराजित हुने छुट नरहेको बताएका छन्।  झापाको दमकमा आयोजित १ न. प्रदेश स्तरिय विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले यसो भनेका हुन्।

 

 आगामी निर्वाचनमा राप्रपाले निकै राम्रो जनमत ल्याउने जिकिर गर्दै अध्यक्ष लिङ्गदेनले राप्रपामा भित्रको आन्तरिक द्वन्द सबै समाधान भएकोले पनि जनविश्वास ह्वात्तै बढेको बताएका छन्।  आफुले पार्टीको नेतृत्व गर्ने वित्तिकै संगठन विस्तारलाई महत्व दिइएको बताउदै मङ्सिर ४ गते हुने निर्वाचनले नेपाली जनतालाई  नयाँ आसा र भरोसा दिलाउने विश्वास व्यक्त गरे ।  

दमकको पशुपति मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रदेश १ अध्यक्ष तथा दमक नगरप्रमुख राम थापा, केन्द्रिय प्रवक्ता सगुन सुन्दर लाओती, प्रदेश १ भित्र पर्ने १६ वटै जिल्लाका जिल्ला अध्यक्ष र जिल्ला प्रतिनिधिहरु,  तथा प्रदेश १ बाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु लगायत पार्टीका अगुवा नेता कार्यकर्ताहरुको  उपस्थिति रहेको थियो। 

भेलामा प्रदेशको तर्फबाट कार्यप्रगति विवरण प्रस्तुत गरिएको थियो भने १६ वटै  जिल्लाका प्रतिनिधिहरुले जिल्ला प्रतिवेदन प्रस्तुत गरेका थिए।  

सोहि अवसरमा प्रदेश १ प्रवक्ताको जिम्मेवारी मिडिया नेपालका प्रदेश अध्यक्ष  विजय राउतलाई प्रदान गरिएको बताएको छ।   

उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत सम्मान गरिएको थियो । 


यो पनि पढ्नुहोस 

राप्रपाले सुरु गर्यो 'कोष वृद्धि अभियान'

 हिन्दुराष्ट्रको पक्षमा जनमत बढाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चन्दा संकलन अभियान सुरु गरेको छ ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखैमा थालिएको यो अभियानलाई राप्रपाले ‘कोष वृद्धि अभियान’ भनेको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरे । आर्थिक स्रोत व्यवस्थापनको जिम्मा महामन्त्री डा. धवल शमशेर राणालाई दिइएको छ।

महामन्त्री राणाले आर्थिक संकलन अभियान चुनावसम्म जारी रहने बताए । ‘हामी अरुहरु जस्तो लुट्ने, ठग्ने होइनौं, स्वतस्फूर्त सहयोग गर्न चाहनेहरुले सहयोग गर्न सक्नुहुन्छ,’ राणाले भने, ‘यो अभियान आगामी चुनावसम्म जारी रहन्छ ।’

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन कोष वृद्धि अभियान थालिएको जानकारी दिए । ‘सनातन धारको शक्तिकेन्द्र निर्माण एवं वैदिक सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने अभियानमा राप्रपाले आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन गरेको हो,’ प्रवक्ता श्रेष्ठले भने ।

नेपाललाई धर्म निरपेक्षता घोषणा गरिएकोमा राप्रपाले त्यसको विरोध गर्दै आएको छ ।

आर्थिक संकलन अभियानका लागि राप्रपाले गरिमा विकास बैंकमा बैंक खाता समेत खोलेको छ । बैंकको खातामा सिधै वा डिजिटल पेमेन्ट सिस्टम फोन पेबाट पनि रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता श्रेष्ठले बताए ।

Views: