d

मुख्य मन्त्रीले पदिय हैसियत गुमाउदा प्रदेश नामाकरण हुन सकेन - कार्की

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा, भदौ ५ / नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले यो कार्यकालमा प्रदेशको नामाकरण सम्भव नभएकोे बताएका छन् । उनले प्रदेश १ सरकारले यसमा चासो नराखेकोले पनि सम्भावना टरेको बताएका छन् । दमकमा पत्रकारहरु सँग कुरा गर्दै कार्कीले मुख्यमन्त्री राजेन्द्र राईका अभिव्यक्तिका कारणले पनि सहमति पर धकेलिएको उल्लेख गरे । मुख्यमन्त्रीको अभिव्यक्ति गैह्र जिम्मेवार तरिकाले आएपछी तत्कालै सहमतिको सम्भावना कम देखियो, उनले भने, सरकारले यो विषयलाई हल्का ढंगले लिएका कारण पनि समस्या देखियो । कार्की एमालेले नामाकरणका लागि बनाएको कार्यदलका संयोजक समेत हुन् । 
प्रदेश १ का पूर्व मन्त्री समेत रहेका कार्कीले दलीय हैसियत अनुसार दलले र सांसद भएका हिसाबले आफू पनि नामाकरण गर्न नसकेको बिषयमा नैतिक जिम्मेवार रहेको धारणा राखे । कार्कीले अहिले नै प्रदेश संरचनाको बिषयमा समिक्षा गरिहाल्ने बेला नभएको बताए । गठबन्धनका नाममा भाग पुर्याउन मन्त्रालय फुटाउनु, सचिवालयका नाममा खर्च बढाएसँगै प्रदेशको वियमा टिकाटिप्णी भएको देखियो, उनले भने, तर अहिले तत्कालै सरचनाकै बिषयलाई लिएर समिक्षा गरिहाल्ने बेला भएको छैन् । उनले नेकपा एमाले नेतृतवमा भएको प्रदेश सरकारलले साढे ३ वर्षको अवधिमा ६२ वटा रणनितिक सडक निर्माण गरेको दाबी गरे । पूर्व आन्तरिक मामिला मन्त्री कार्कीले बोर्डर आउट पोष्ट (विओपी)को संख्या समेत बढाएर सिमा सुरक्षालाई प्राथमिकता दिएको दाबी गरे । एमालेले असोज पहिलो साता सम्म उम्मेद्वार टुग्याउने दाबी गर्दै उनले भने, एमाले एक्लैले ४० प्रतिशत मत ल्याउछ ।

Views: