d

शर्मा परिवारको सौजन्यमा स्कुलचौन बजारमा खानेपानी धारा जडान 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह-५ स्थित स्कुलचौन बजारमा निर्माण भएको खानेपानीको धाराको उद्घाटन गरिएको छ। मंगलबार एक कार्यक्रमका बीच गौरादह नगरपालिकाका प्रमुख छत्रपती सुबेदीले नवनिर्मित धाराको उद्घाटन गरे। 

करिब एकलाख रुपैयाँ खर्चमा निर्माण भएको सार्वजनिक धारा गौरादहका फर्निचर व्यवसायी सुरेश शर्मा तिवारी र उनका भाईहरु सुर्य र नारायण शर्मा तिवारीको आर्थिक सहयोगमा निर्माण गरिएको हो।

तिवारी दाजुभाईले आफ्ना दिवंगत मातापिता ब्रह्मदेव र सकुन्तला तिवारीको स्मृतिमा सो धाराको निर्माण गरेका हुन। 

कार्यक्रममा बोल्दै नगरप्रमुख छत्रपति सुवेदीले स्वर्गीय ब्रह्मदेव तिवारी स्कुलचौन क्षेत्रकै पुरान व्यापारी भएको स्मरण गर्दै उनको स्मृतिमा छोराहरुले निर्माण गरेको धारा सामाजिक हितमा रहेको भन्दै प्रशंसा गरे।

Views: