d

हेवीवेट संग को को भिड्ने?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास/ भाद्र, ८ झापा: मंसिर ४ गते संघीय र प्रदेश सभाको निर्वाचन हुँदै छ। निर्वाचन नजिकिदै जाँदा कहाँ कसको उम्मेद्वारी पर्ने भन्ने विषयले राजनीतिक बजार तताउन थालेको छ।  राष्ट्रिय राजनीतिमा मियोको रुपमा रहेको झापाको क्षेत्र न. ५ मा समेत चुनावी सरगर्मी सुरु भएको छ।

 

गत निर्वाचनमा जम्बो मत ल्याएर संघीय सांसद हुँदै प्रधानमन्त्री बनेका एमाले अध्यक्ष के पी ओलीले यो पटक पनि आफ्नो उमेद्वारी दोहोर्याउने लगभग निश्चित जस्तै देखिएको छ।  ओलीले आफु झापा ५ बाट उम्मेद्वारी दिने की नदिने यो भने बताएका छैनन्।  यद्दपी उनले निर्वाचन लक्षित कार्यकर्ता भेटघाटलाई भने निकै तिब्रता दिन थालेका छन्।

 

 ओलीलाई जसरी भएपनि पाखा लगाएरै छाड्ने अभिव्यक्ति दिंदै आएका सत्तारोहण गठबन्धन समुहका नेताहरुले यस निर्वाचन क्षेत्रमा कसलाई योग्य उमेद्वार ठान्ने हुन् भन्ने अहिले सम्म एक्किन देखिदैन। गठबन्धन समूह निर्णयमा पुग्नु अगाडीनै केहि नेताहरुले भने आफु उम्मेदवार बन्ने आसय देखाउन थालेका छन्।  यस्तै चाहना व्यक्त गर्ने मध्ये एक हुन् डा. खगेन्द्र पाण्डव अधिकारी।   के पी ओली संग लडेर निर्वाचन जित्ने इच्छा रहेको भन्दै सामाजिक संजालमा लेख्छन् , 'यदि टिकट मिल्छ भने म के पी ओलीको विरुद्द उम्मेदवार बन्न तयार छु।'

ओली संग चुनाव लडेर एकाएक चर्चामा आएका अधिकारी निर्वाचनमा लड्नु अघि प्राध्यापन पेशामा थिए । अप्ठ्यारों परिस्थितिमा सेवानिवृत्त हुनै लागेको जागीर समेत माया मारेर निर्वाचन लड़ेका अधिकारीलाई एक पटक मौका दिनु पर्ने कांग्रेसवृत्तमा चर्चा चल्ने गरेको पाइन्छ । 

 

अधिकारीको यो आसयलाई गठबन्धन समुहले स्वीकार गर्नु अगाडी उनी आवद्द दल नेपाली कांग्रेसले स्विकार गर्छ गर्दैन भन्ने विषयले पनि महत्व राख्छ।  त्यसो त गत निर्वाचनमा समेत ओली विरुद्द डा. अधिकारी नै उम्मेदवार थिए।  गत निर्वाचनमा झन्डै ५७ हजार मत ल्याएका हेविवेट उमेद्वार के पी ओली विरुद उनले २९ हजारको हाराहारीमा मत पाएका थिए। कांग्रेस एक्लै निर्वाचन लडेको उक्त निर्वाचनमा ओलीलाई राप्रपाले साथ दिएको थियो। शक्तिशाली ओली र त्यसमाथि राप्रपाको समर्थन रहेको बेला डा. अधिकारीले प्राप्त गरेको उक्त मत निकै नै सम्मानजनक मत मानिन्छ ।   त्यसो त यस निर्वाचनमा पनि राप्रपा संग निर्णायक मत रहेकै छ । यसको ज्वलन्त उदहारण हो दमक नगर प्रमुखमा राप्रपा नेता राम थापाको जित।  कांग्रेस-माओबादी संग एकता गरेर मेयरपद उछिट्याएका थापाको लोकप्रियताका अगाडी ओली समेत हच्किन बाध्य छन्।।  यो पटक राप्रपाले साथ नदिए ओलीले निर्वाचन जित्ने सम्भावना निकै कम रहेको विश्लेषकहरुको तर्क छ। तर यो तर्कमा कुनै तुक नरहेको एमालेका नेता / कार्यकर्ताको बुझाई पनि उत्तिकै धारिलो पाइन्छ । 

 

त्यसो त गत स्थानिय निर्वाचनमा यस क्षेत्र भित्र पर्ने ४ वटै स्थानिय तहको नतिजा हेर्दा मिश्रित प्रकृतिको देखिन्छ।  दमक नगरपालिकामा मेयर र उपमेयर नै एमालेले गुमाएको छ।  कमलमा अध्यक्ष पद गुमाएको छ।  गौरादहमा मेयर / उपमेयर पद दुवै एमालेले कब्जा गर्न सफल भएको छ भने गौरिगंजमा अध्यक्ष पद कांग्रेसको पोल्टामा जाँदा उपाध्यक्षमा भने एमालेले जित हात पारेको देखिन्छ।  सांगठनिक रुपमा हेर्दा यो पटकको निर्वाचनमा राप्रपाको मत केहि बढ्न सक्ने आकलन गरिन्छ भने एमाले र गठबन्धनको मत पहिलेकै रुपमा रहने अवस्था स्थानिय निर्वाचनले समेत देखाएको छ।  गठबन्धन समूह संगै एक्लै निर्वाचन लड्ने तयारीमा ओली समेत देखिदैनन्।  राप्रपाको साथ उनलाई अनिवार्य जस्तै देखिन्छ भने एमालेको साथ नपाए झापाको क्षत्र न. ३ बाट निर्वाचन लड्ने घोषणा गरिसकेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई अप्ठ्यारो पर्ने राजनीतिक विश्लेषकहरु बताउछन्।

पछिल्लो समय ओली र लिङ्गदेन दुवै नेताहरु झापामा छन्।

 निर्वाचनमा सहकार्यका लागि सुरुवाती चरणका वार्ता र संवादहरु अगाडी बढाईसकेका भए पनि कुन मोडालिटीमा सहकार्य गर्ने भन्ने अझै निश्चित भने छैन।  सहकार्यको चर्चा चल्दै गर्दा राप्रपा भित्र समेत प्रदेश र संघीय निर्वाचनमा क -कसले उम्मेद्वारी दिने भन्ने चर्चाले स्थान पाउन थालेको पाइन्छ। क्षेत्र न. ५ मा ओलीलाई सघाएको खण्डमा प्रदेश सभा सदस्यहरु दावी गर्ने दाउमा राप्रपा रहेको बुझिन्छ ।  


यसैबीच गत स्थानिय निर्वाचनमा उम्मदेवारी दिएका गोपाल पौड्याल यो पटकको संघीय निर्वाचनमा समेत उम्मेद्वारी दिने आकांक्षामा छन्। 

 'पार्टीले विश्वास गरेर टिकट दिएमा ओली जी संग निर्वाचन लड्न तयारी साथ आउने छु।' , पर्दाफास प्रतिनिधि संग टेलिफोनमा कुरा गर्दै नेता पौड्यालले भने।  
गणतन्त्र असफल भैसकेकोले अव परिवर्तनकारी शक्तिको पक्षमा जनमत जाने तर्क गर्दै उनि भन्छन् -  'मुलुकले परिवर्तन मागको छ, हामीले गत स्थानिय निर्वाचनमा समेत यहि एजेन्डा लिएर निर्वाचनमा गयौं तर त्यो बेला हाम्रो कुरा सुन्ने संख्या न्युन रह्यो।'
स्थानिय निर्वाचन स्वच्छ र धाधली रहित वातावरणमा सम्पन्न भए यो पटक राप्रपामा राम्रो जनलहर आएको पौड्याल बताउछन्।  


 


 


  

 
 

Views: