d

अनेमसंघ गौरादहले मनायो हर्सोल्लासका साथ तिज 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास/ भाद्र ८ झापा: अखिल नेपाल महिला संघले गौरादहमा  नगर स्तरिय तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ।  अनेमसंघ गौरादह नगर कमिटिको आयोजनामा बुधवार तिज विशेष कार्यक्रम सम्पन्न गरिएको हो।  

कार्यक्रममा अखिल महिलाहरुले  दर खाँदै होर्सल्लासका साथ तिज पर्व मनाएका थिए। 

एमाले केन्द्रिय अनुशासन बिभाग सदस्य लिला कट्टेल कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नगरभरीका महिलाहरुको उल्लेख्य रुपमा सहभागिता रहेको बताइएको छ।  

कार्यक्रममा नगर प्रमुख छत्रपति सुवेदी, उपप्रमुख जलवर्षा राजवंशी, वडा न १ वडा अध्यक्ष तथा एमाले नगर इन्चार्ज नगेन्द्र भण्डारी, एमाले  नगर अध्यक्ष मित्रदेव काफ्ले, एमाले प्रदेश १ सचिवालय सदस्य अम्बर सिवाकोटी, प्रदेश सदस्य योगराज दाहाल र प्रदेश सदस्य मदन अधिकारी, केन्द्रीय सहकारी विभाग सदस्य तथा  नेपाल कृषि सहकारी संघ केन्द्रिय उपाध्यक्ष मिना ढकाल लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

अनेमसंघ गौरादह नगर अध्यक्ष पूजन गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा, उपाध्यक्ष योगमाया दंगालले स्वागत मंतव्य दिएकी थीईन् भने कार्यक्रमको संचालन सचिव तुलसा भुजेलले गरेकी थिईन् ।   

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

Views: