d

गौरादह ३ कि गंगा गिरी घरमै सारी बुन्छिन्, अमेरिकामा बेच्छिन् ...

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सान नेपाल 

झापा: गौरादह ३ बरगाछी निवासी गंगा गिरी पेशाले गृहिणी हुन्।छोराछोरीलाई गृहकार्य गराउने, खाना बनाउने, वस्तुभाउको खोलेभाँडो गर्ने अनि ३/४ बिघा खेतीपाती सम्हाल्ने उनको काधमा रहेको मुख्य जिम्मेवारी हो । त्यसो त गंगाका श्रीमान राम तामाङ आफू शिक्षण पेशामा भएपनि घरायसी काममा मनग्य सहयोग पुर्याउन भ्याएका छन् । 

 

No description available.

 

हिजोआज तामाङ दम्पतीको घरमा २/३ वटा लुगा बुन्ने तान देख्न पाइन्छ। साँघुरो घरमा एउटा तान बरण्डामा, अर्को बेडरुममा र तेस्रो तान भान्सा कोठामा राखिएको छ। तिनै तान चलाएर गंगाले सुन्दर डिजाइनका रंगीचंगी सारीहरु तयार गर्छिन् र बजारमा बेचेर मनग्ये आम्दानी गर्छिन् भन्दा अनौठो पनि लाग्न सक्छ । तर वास्तवमै एउटी घरायसी धन्दा र खेतिपातीमा अल्झिएकी महिला जो एक सफल उद्यमी बन्ने सपना बुनेकी छिन् ।  उद्यमसिलताको रूपमा अघिबढेका उनका पौरखी हातहरु देख्दा वास्तवमै उनी एक उदाहरणीय महिलाको रूपमा आफुलाई चिनाउन सफल भएकी छिन् भन्दा अत्युक्ति हुँदैन । 

 

No description available.

 

घरेलु प्रबिधिबाट सारी बुन्ने सिप गंगाले गाउँमै केहि पैसा तिरेर सिकेकी हुन् । 

'सुरुमा म पनि सारी बुन्न सक्छु भन्ने विश्वास नै थिएन । तर अब त यो उद्यमबाटै जीवन निर्वाह गर्न सकिन्छ भन्ने विश्वास जागेको छ ।' गंगा भन्छिन् । 

 

 

एउटा सारी बुन्न चार दिन लाग्छ । यसरी बुनेका सारीहरु कहाँ बेच्ने भन्ने चिन्ता पनि उनलाई छैन । 

गिरि भन्छिन् , 'सारी तयार हुने वित्तिकै बिक्रि भइ हाल्छ ।'

 'यसपटकको तिजमा हामीले बनाएका सारी लगाएर महिला दिदिबहिनीहरु मनग्ये नाच्नु भएको छ।', तान खिचेर सारीमा बुट्टा बनाउदै गंगाले भनिन् । 

No description available.

 

उनले बनाएका सारीहरु अमेरिका सम्म पुग्छन् भन्दा अझ अनौठो लाग्न सक्छ । तर यो पनि सत्य हो । आज मात्र उनले आफैंले बनाएका २० वटा हाते सारी कुरियर गरेर अमेरिका पठाएकी छिन् । 

'अहिलेसम्म कुरियर गरेर अमेरिकामा सारी पठाएको यो तेस्रो पटक हो ।', गिरिले भनिन् । 

अमेरिकामा उनले सामाजिक संजालबाट सारीको अर्डर लिएकी हुन् । 

सामाजिक संजालबाट कसरी आफ्नो सामानको प्रमोट गर्ने भन्ने पनि गिरिलाई खासै थाहा छैन । 

पहिलो पटक तयारी सारीहरु मेयासेन्जरबाट अमेरिकामा रहेका आफन्तलाई पठाइन् । 

 'हामीले पठाएका घरेलु सारी लगाएर अमेरिकामा केही नेपाली महिला दिदिबहिनीहरु बर्थडे पार्टीहरुमा जानु भएछ ।'
'त्यसैबाट हाम्रो सामानको प्रचार अमेरिकामा हुन पुग्यो।', गिरि बताउछिन् । 

'अमेरिकामा रहेका नेपाली दिदिबहिनीहरुले हामीले बनाएका सारीहरु मनपराउन थाल्नुभएको छ । यो निकै खुशीको कुरा हो ।', आफ्नो व्यवसायलाई अझै बढाउने संकल्प लिएको बताउदै गिरिले सुनाइन् । 

आफुले सिकेको सीप अरुले पनि सिकुन् र सिकेको सीपबाट जीवन निर्वाह गर्न सकुन् भन्ने निस्वार्थ भाव भएकी उनले गाउँघरका २/३ जना महिलालाई समेत सारी बुन्न सिकाएकी छिन् । 

'वहाँहरुले सिक्दा मलाई नै सहयोग पुगेको छ, एक्लै काम गर्नु भन्दा सामुहिक तरिकाले काम गर्न सक्दा धेरै उत्पादन गर्न सकिन्छ ।', पर्दाफास प्रतिनिधि संग कुरा गर्दै गिरिले भनिन् । 

 

No description available.

 

गंगा गिरि जस्ता कैयौं महिलाहरु छन् जो संग सीप सिक्ने र उद्यमी बन्ने चाहना छ । जीवन निर्वाह गर्न धौधौ भएर तड्पिएका महिलाहरुका लागि गंगा गिरि एक उदाहरण हुन् । उनी जस्ता जागरिला र उद्यमशिल महिलाहरूलाई सहयोग र हौसला प्रदान गर्दै स्वरोजगारको बाटोमा महिलाहरुलाई अगाडी बढाउन सबै तहका सरकार र निजि क्षेत्रको नैतिक र भौतिक सहयोग रहनु अपरिहार्य देखिन्छ ।

Views: