d

अव हल्दीवारीमा १० हजार लिटर सम्म खानेपानी निशुल्क 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा। झापाको हल्दीवारी गाउँ पालिकाले गाउँवासीहरुलाई निशुल्क खानेपानी उपलब्ध गराउने घोषणा गरेको छ।  
हाम्रो लगानी, घरघरमा स्वच्छ खानेपानी ” भन्ने नारा हल्दिवारी गाउँपालिका ले असोज १ गतेबाट लागु १० हजार लिटर बराबरको पानीमा महशुल मिनाहा गर्ने घोषणा गरिएको हो।  

हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा आज भदौ ०९ गते बसेको कार्यपालिका बैठकले १०,००० लिटर सम्म खानेपानी सबै जनताको लागि निशुल्क दिने निर्णय गरेको बताइएको छ।  

 चालु आर्थिक वर्षको २०७९/८० को निति तथा कार्यक्रममा व्यवस्था गरिएको “हाम्रो लगानी, घरघरमा स्वच्छ खानेपानी ” नारा स्विकृत भई खानेपानीको धारा जडान गरिएको सबै घरमा न्युनतम दस हजार लिटर सम्म प्रयोग गरेबापत लाग्ने शुल्क गाउँपालिका भित्र संचालन रहेका खानेपानी उपभोक्ता समितिहरूलाई मासिक रुपमा खानेपानी संरचना निर्माण तथा सुधार कार्यक्रम शिर्षकबाट भुक्तानी दिने निर्णय भएको बताइएको छ।  

रविन्द्र लिङ्गदेन गाउँपालिका अध्यक्ष रहेको  हल्दीवारी गाउँ पालिका राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष र उपाध्यक्ष सहित पूर्ण बहुमत प्राप्त गरेको पालिका हो।  

 

Views: