d

कांग्रेस नेता प्रकाशशरण महत भन्छन् - अवैध संरचना हटाउनै पर्छ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका नेता प्रकाशशरण महतले अवैधरूपमा बनेका संरचनाहरू हट्नुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको ‘डोजर एक्सन’बारे संचारकर्मीले राखेको जिज्ञासामा नेता महतले यसो भनेका हुन्।  

 उनले नेपाली कांग्रेसले यो कदमलाई सकारात्मकरूपमा लिएको बताएका छन् । प्रभावितहरूको व्यवस्थापन गरेर मात्र हटाउँदा अझ राम्रो हुने उनको भनाइ छ । उनले भने, ‘प्रभावितहरूलाई गरिब तथा मजदुरलाई उचित स्थानमा व्यवस्थापन हुनुपर्ने थियो संरचना हट्नुअघि । हामी अवैधानिक संरचना रहनुपर्ने पक्षमा छैनौँ । त्यसलाई हटानैपर्थ्यो ।’


 

Views: