d

राष्ट्रिय युवा संघ सुन्दरहरैंचा ४ को अध्यक्षमा टीका भट्टराई

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

सुन्दरहरैंचा । राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैंचा ४ को वडा अधिवेशनबाट नयाँ कार्य समिति चयन गरिएको छ । आज स्थानीय गोकर्ण रिसोर्टमा भएको अधिवेशनले टीक भट्टराईको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सुरज दंगाल, सचिवमा रामचन्द्र सुवेदी, सहसचिवमा सुरेन्द्र बस्नेत र कुसुम पौडेल, कोषाध्यक्षमा सुजन खत्रीलाई चयन गरिएको छ । राष्ट्रिय युवा संघका सचिवलाय सदस्य तथा मोरङ इञ्चार्ज मनोज राईको प्रमुख आतिथ्यमा भएको अधिवेशनले सदस्यहरुमा सरिता पौडेल, आकाश श्रेष्ठ, छविलाल कोइराला, धिरज शाह, केशब ढकाल, भोजराज आचार्य, शेखर बास्तोला, निपेश वास्तोला, सर्वजित सुवेदी, अनिकेश वास्तोला, जीवन कृष्ण खतिवडा, ललित भण्डारी, आरती श्रेष्ठ, आसविन पौडेल, सुजन लुइँटेल, आनन्द चौधरी, आशा पाण्डे, आरोग्यराज उप्रेती र रक्षा विक लगायत रहेका छन् । अधिवेशनकै अवसरमा राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैंचा ४ ले राष्ट्रिय युवा संघको केन्द्रदेखि वडासम्मका विभिन्न पदमा रहेर योगदान दिने व्यक्तिहरुलाई सम्मान समेत गरेका छ । संघका केन्द्रीय कमिटी सचिवालय सदस्य तथा मोरङ इञ्चार्ज मनोज राई, मोरङ अध्यक्ष प्रविण घिमिरे, सुन्दरहरैंचा अध्यक्ष जयप्रकाश रायमाझी, सचिव आनन्द वस्नेत, नेता सागर प्रसाद जम्मरकट्टेल, केशव वास्तोला, शम्भू धमला, शम्भू दाहाल, प्रकाश चौधरी, केदार खड्का लगायतलाई सम्मान गरिएको हो । यस्तै सो अवसरमा मकालु टेलिभिजनका पत्रकार रेवती निरौला र रातोतारा डटकमका शिव भट्टराईलाई समेत सम्मान गरिएको थियो ।

Views: