d

३ जना लुटेराहरु पसल भित्र मध्यरातमा छिरे, ७० हजार लिएर भागे

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादहमा सुरक्षा अवस्था पेचिलो बन्दै गएको छ।  चाडवाड नजिकिए संगै चोरीका घटनाहरु बढ्दै गएका हुन्।  दिनहु जस्तो चोरी र लुटपाटका घटना सुनिदै आएको गौरादहमा शनिवार राति निकै ठुलो चोरीको घटना घटेको छ।  वडा न. ३ स्थित प्रविण वस्नेतको पसल फुटाएर नगद ७० हजार लुटिएको बताइएको छ।  
पसलमा जडान गरिएको सिसिक्यामेरा फुटेज हेर्दा ३ जना व्यक्तिहरु पसल भित्र पसेर पैसा झिक्दै गरेको देख्न सकिन्छ।  
 फुटेज अध्ययन पश्चात प्रहरीले अनुसन्धान तिब्र पारेको इलाका प्रशासन कार्यालय गौरादहले जनाएको छ।  

 

Views: