d

ओलीलाई आफ्नै हातले पराजित गर्ने धोको छ - डा. अधिकारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गत आम निर्वाचनमा झापाको क्षत्र न. ५ बाट चुनाव लडेका उम्मेदवार हुन् डा खगेन्द्र पाण्डव अधिकारी। २०७४ मा के पी ओली संग चनाव लडेका अधिकारीले यो पटक पनि ओली संगै चुनाव लड्ने आकांक्षा व्यक्त गरिरेका छन्।  गत हप्ता सामाजिक संजाल मार्फत  आफु गठबन्धन दलको तर्फबाट चुनाव लड्ने आकांक्षी रहेको खुलासा गरेका थिए । अधिकारीले पुन: दोहोर्याउदै भनेका छन् ,'यो पटकको निर्वाचनमा टिकट पाए ओलीलाइ पराजित गरेर देखाइदिने छु, जनताको दु:ख हर्ने छु ।   


सामाजिक संजालमा यस्तो छ डा. अधिकारीको स्टाटस: 

म कुनै राजनीतिक नियुक्ति लिनको निम्ति जागीर छोडेर चुनाव लडेको होईन । पार्टीको शीर उचो राख्न होमिएको हो । बिशाल बाढी आएको बेला बालुवाको बांध बाध्न प्रयत्न गर्ने मानिस हो म । कांग्रेस बाहेकका सम्पूर्ण दल केपी ओलिसङ्ग गठनबन्धन भएको बेला चुनाव हारिन्छ भन्ने कुरा दुनियाँलाई थाहा हुँदा मलाई थाहा थिएन होला र !?
 राजनीतिक नियुक्ति खानको लागि प्राध्यापन जत्तिको राम्रो कुनै जागीर छैन, यो पेशामा जति पटक र जति समय नियुक्ति खाएपनी सेवाको सम्पूर्ण सुबिधा पूर्ण गणना हुन्छ, जागीर जादैन । म एक्लैले नियुक्ति लिएर मलाई त सुखसयल होला तर यस्तो स्वर्ग जस्तो देशमा सारा नेपालीले दु:ख पाएका छन् , यसलाई हटाउन पक्का सकिन्छ भनी म प्रयत्नरत छु। म नियुक्ति खाने होईन, चुनाव नै लडेर जनताको प्रतिनिधि भई जनताको आवाज बुलन्द पार्ने र संसदलाई सहि दिशा दिने मेरो संकल्प हो । मेरो अरु कुनै स्वार्थ छैन । हामी आकाँक्षी उम्मेदवारहरु बीच अत्यन्तै सुमधुर सम्बन्ध छ, कसैले पनि पक्ष विपक्षमा नलागी सुमधुर सम्बन्ध कायम राख्न मद्दत गर्नुहुन अनुरोध गर्दछु ।

Views: