d

 के के कुरा भयो रास्ट्रपति भण्डारी र प्रधान मन्त्रि देउबा बीच 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


काठमाडौं, १३ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवा आज अपरान्ह शितलनिवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।
 नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ्ग, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित देउवा शितलनिवास पुगेका थिए । भेटमा देउवाले नागरिकता विधेयकबारे छलफल गरेका थिए । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका केही विषयमाथि प्रश्न उठाएको बुझिएको छ । राष्ट्रपति भण्डारीले चुनावमा सरकारको तयारीबारे पनि चासो राखेकी थिइन् । उनले मुख्य दलका नेताहरुलाई सहमतिमा बढ्न सुझाव दिएको बुझिएको छ । Photo: ReportersNepal

Views: