d

 डा. केसी भन्छन् - 'आमरण अनशन बस्छु'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडाैं  । डा. गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौताअनुसार काम नगरे यही भाद्र २७ गते देखि २०औं आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।

शिल्पी थिएटरमा पत्रकार सम्मेलन गर्दै के सीले स्वास्थ्य क्षेत्र सुधारका लागि ६ बुँदे माग अघि सार्दै सरकारले आफ्ना माग पूरा नगरे २७ गतेबाट अनशन बस्ने बताएका हुन् । आफूसँग सरकारले गरेको सम्झौताअनुसार काम गर्न चासो नदेखाएको र चिकित्सा शिक्षा सुधारलाई अस्तव्यस्त पार्न खोजेकाले त्यसका विरुद्धमा पुनः अनसन बस्ने उनले बताए ।


प्रत्येक प्रदेशमा एक मेडिकल कलेज सञ्चालन गर्ने कानुन आए पनि त्यसअनुरूप काम नभएकोमा केसीको आपत्ति छ । ‘मधेस प्रदेश र गण्डकी प्रदेशमा २०८० सम्म सरकारी मेडिकल कलेज खोल्ने भनेको त्यसमा केहि काम नभएको भन्दै उनले आफ्ना माग पूरा नभए भदौ १२ गतेदेखि अनसन थाल्ने योजना रहेको बताएका छन्।  

अनसन बस्ने भनेता पनि सरकार संग कुराकानी भने भइरहेको उनले खुलाएका छन्।  

Views: