d

नागरिकता विधेयकमा राष्ट्रपतिको चासोलाई सम्बोधन गर्ने कांग्रेसको आश्वासन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली कांग्रेसले नागरिकता विधेयकको सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले राखेको चासोलाई सम्बोधन गर्ने आश्वासन दिएको छ । राष्ट्रपतिको आमन्त्रणमा पार्टी पदाधिकारीहरूसहित शीतलनिवास पुगेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नागरिकता विधेयकको विषयमा राष्ट्रपतिको चासोलाई सम्बोधन गर्ने बताएका हुन् ।

राष्ट्रपतिले नागरिकता विधेयककै विषयमा छलफल गर्न कांग्रेस नेताहरूलाई शीतलनिवास बोलाएकी थिइन् । भेटमा देउवासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र सूचना, सञ्चार तथा प्रविधिमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । कार्कीका अनुसार करिब डेढ घन्टा भएको छलफलमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका विषयमा चासो व्यक्त गरेकी थिइन् । 

Views: