d

७ दिनभित्र लिखित जवाफ पेश गर्न मेयर बालेनलाई सर्वाेच्चको आदेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहविरूद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग ७ दिने लिखित जवाफ मागेको हो ।

आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिम अदालतको अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सो आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक सातदिनभित्र आफैं वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्नु ।’

केही समयअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गा हटाउन मेयर शाह आफै फिल्डमा उत्रिएका थिए । तर, नर्भिकले उल्टै महानगरविरुद्ध अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएको थियो।

सर्वाेच्चको उक्त आदेशपछि मेयर बालेनले सामाजिक सञ्जालमार्फत नक्सा पासको काम अदालतलाई दिनुपर्ने स्टाटस लेखेका थिए । मेयर बालेनले लेखेको त्यहिँ स्टाटसलाई लिएर अदालतको अवहेलना भएको जोशीको तर्क थियो ।

 

Views: