d

दमक नगरप्रमुख थापा द्वारा गोबर्धन गोलोकधाम अवलोकन (तस्बिरहरु)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले झापाको सताक्षी धाम स्थित गोवर्धन गोलोकधामको अवलोकन गर्नु भएको छ। सताक्षीधाममा निर्माणाधीन रहेको गोलोक धामको निरीक्षण गर्नु भएको हो।  

गोवर्धन गोलोक धाममा करिव ७ सय वटा गाईहरु रहेका छन्।  सोही स्थानमा दाताहरुको सहयोगमा निर्माणकै क्रममा रहेको १२५ थान शालिग्राम रहने गरि शालिग्राम स्थल, बुढानिलकण्ठ वाटर फ़ाउण्टेन लगायतको अवलोकन गर्दै गोवर्धन गोलोक धाममा रहेका ७ सय गौमाता, गुरु महाराजजीको आश्रम र गुरुकुल पाठशाला बारे समेत जानकारी लिनुभएको थियो।     

निर्माणाधीन क्षेत्रको अवलोकन गर्दै नगरप्रमुख थापाले धार्मिक र सांस्कृतिक क्षेत्रको प्रवर्धन र सम्वर्धन गर्न सकेमा आन्तरिक र बाह्य क्षेत्रका  धार्मिक पर्यटकहरु आकर्षित गर्न सकिने बताउनु भयो।  

'आजको यो भ्रमण आकस्मिक रह्यो, कुनै बेला मौका पारेर फेरिपनि हामीहरु आउनेछौं।', थापाले भन्नु भयो।  

उक्त अवलोकन भ्रमणमा राप्रपा केन्द्रिय सदस्य तथा वाणिज्य विभाग प्रमुख लक्ष्मी प्रसाद संग्रौला, राप्रपा दमक नगर अध्यक्ष हेम सुवेदी, वाटर किङ्ग्डम पार्कका झिलझिलेका संचालक राजकुमार संग्रौला, राप्रपा झापा जिल्ला सदस्य दुर्गा गौतम लगायतको सहभागिता रहेको थियो।  


  No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

No description available.

 

 

Views: