d

राप्रपा झापाले निर्वाचन केन्द्रित अभियान सुरु गर्ने, कसलाई के जिम्मेवारी? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राप्रपा झापाले चुनाव केन्द्रित गतिविधिहरु सुरु गर्ने भएको छ।   आज जिल्ला पार्टी कार्यालयमा पार्टीका प्रदेश १ अध्यक्ष राम थापा र केन्द्रिय सदस्य हरुको विशेष उपस्थितिमा विभिन्न समिति गठन गर्दै गाउँ देखि सहर केन्द्रित चुनावी गतिविधिहरुमा केन्द्रित रहने उद्घोष गरिएको हो।  


आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्बाचनको परिचालन तथा प्रचार प्रसारको लागि जिल्ला अध्यक्ष केशव प्रसाद ओझाको अध्यक्षतामा प्रदेश अध्यक्ष , केन्द्रिय सदस्य पदाधिकारी जिल्ला समिती प्रदेश १ समितीका सदस्य पदाधिकारी क्षेत्रीय समिती साथै प्रादेसिक निर्बाचन क्षेत्रीय समिती गाउँ नगर समिती सबै बर्गिय सङ्गठन जिल्ला क्षेत्र गाउँ नगर समिती बर्गिय सङ्गठन र विभिन्न बिभागका केन्द्रिय सदस्य पदाधिकारी रहेको ११५५ सदस्यिय समिति निर्माण गरेको छ।

निर्वाचन परिचालन सम्योजन का लागि जिल्ला अध्यक्ष, प्रदेश १ अध्यक्ष ,केन्द्रिय सदस्य, जिल्ला उपाध्यक्ष हरु र निर्बाचित जनप्रतिनिधि रहेको समन्वय समिती निर्माण गरेको छ।


यसैगरी चुनावी प्रचार प्रसार का लागी प्रबक्ता सान नेपालको सम्योजकत्वमा ५ सदस्य रहेको राप्रपा सूचना तथा सन्चार विभाग गठन गरेको छ । यसैगरी सबै पालिकाले यसै महिना भित्र सबै बुथ समिती गठन गरि जिल्लामा नामावली पेश गर्ने निर्णय गरेको छ भने अम्बिका पोख्रेल को अध्यक्षतामा पुर्ब प्रहरी परिषद झापा तदर्थ समिती गठन गरेको छ । केन्द्रीय सदस्य लक्ष्मी संग्रौला, राजकुमार पोखरेल लगायत रहेको आर्थिक समिति पनि बनाएको छ।


यसैगरी जिल्ला अधिबेशन गर्न बाकी बर्गिय सङ्गठनको जिल्ला अधिबेशन सम्बन्धित सङ्गठन ले तत्काल तोकी चुनाबी अभियानकै रुपमा गर्ने लगायतका निर्णय गरेको छ।

भेलामा राप्रपा केन्द्रय सदस्यहरु, प्रदेश पदाधिकारी तथा सदस्यहरु, जिल्ला पदाधिकारी तथा सदस्यहरु, लगायत प्रदेश सभा, क्षेत्रीय, नगर समति पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो।  

Views: